काठमाडौँ– हामीले दैनिक रुपमा विभिन्न तरकारी तथा फलको सेवन गर्दै आएका छौँ । तर आज हामी जमिनमा पाइने त्यस्ता फलको बारेमा कुराकानी गर्नेछौँ । जुन फललाई ठाउँ अनुसार फरक फरक नामले चिनिने गरिन्छ ।
कसैले यसलाई जमिनको फल त कसैले ‘कचरिया’ भनेर पनि सम्बोधन गर्ने गर्छन् । भारतमा अझ बढी लोकप्रिय यो फल काँक्रोजस्तो आकारको हुन्छ । यो खासगरी रेगिस्तानमा पाइन्छ । कतिपयले यसलाई कचरी पनि भन्ने गर्छन् । नेपाली शब्दकोशमा यसलाई लहरामा फल्ने, पहेँलो फूल र बाटुला पात हुने, ऐँसेलुजस्तो सानो फल भनिएको छ ।
यो फलमा प्रोटिन र मिनरल्स पनि अत्याधिक रुपमा पाइने गर्छ । यो फललाई तिल बालीको खेतमा पनि फलाउन सकिन्छ तर कसैले पनि प्रयोग गरेको पाइँदैन ।
चार महिनासम्म टिक्छ
अनुसन्धाताका अनुसार यो फल चार महिनासम्म फल्छ । कृषकहरु खेतमा काम गरेर थकित भएको अवस्थामा पनि यो फलको सेवन गरेर केही राहत लिन सक्छन् । किसानले मात्रै नभई अन्य व्यक्तिले पनि यसलाई सेवन गरेर धेरै फाइदा लिन सक्छन् ।
यसरी खान सकिन्छ
यसलाई पूर्ण रूपमा पाकिसके पछि मात्रै खान सकिन्छ । काँचो भएको बेलाई यसलाई अचार राख्न सकिन्छ । पाकेपछि तरकारी बनाएर खान सकिन्छ । यसलाई अन्य सामान्य तरकारी जस्तै गरी बनाउन सकिन्छ । घरमा आलु, भ्यान्टा वा अन्य कुनै तरकारीलाई जसरी बनाउने गरिन्छ । यसलाई पनि त्यसैगरी बनाउन सकिन्छ । यसको बीउलाई निकालेर राम्रोसँग सुकाएर तेलमा भुटेर पनि खान सकिन्छ । यसको स्वाद एकदम मीठो हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया