काठमाडौँ– हिन्दू धर्ममा आस्था राख्नेहरु धेरैजसोले आफ्नो छोराछोरीहरुको नाम देवदेवीहरुको नामबाट नै नामाकरण गर्दछन् । अझ नवरात्रीमा जन्मिएका छोरीहरुको नामाकरण सकेसम्म दुर्गाको नामबाट नै गरिन्छ यस अविधिमा जन्मिएका छोरीले दुर्गा माताको जसरी नै सौभाग्य र शक्ति लिएर आउँछिन् भन्ने विश्वास राखिन्छ । दुर्गाको नामबाट छोरीहरुमा शक्ति, साहस र सौन्दर्यको गुण समेत बढ्छ भन्ने गरिन्छ ।
देवी दुर्गाको केही नाम र यसको अर्थ
दुर्गा
‘दुर्गा’ नामको खास अर्थ सबै समस्या र व्यवधानहरुसँग लडेर जित्न सक्छिन् भन्ने हुन्छ । यस नामले छोरीहरु सबै कठिनाइहरुलाई पार लगाउन सक्छिन् भन्ने अर्थ राख्छ ।
भवानी
‘भवानी’को अर्थ सृष्टिकी आमा भन्ने हुन्छ । जीवन र पालन गर्ने शक्तिकी प्रतिमाको रुपमा माता ‘भवानी’लाई मानिन्छ ।
अम्बिका
‘अम्बिका’लाई मातृत्वकी देवीको रुपमा मानिन्छ । देवी ‘अम्बिका’लाई प्रेम र रक्षाको प्रतीकका रुपमा पुजिन्छ ।
नन्दिनी
‘नन्दिनी’ देवीको अर्थ आनन्द भन्ने हुन्छ । यस देवीलाई खुशी र प्रशन्नताको प्रतीक मानिन्छ ।
अनुष्का
‘अनुष्का’को अर्थ कसैले कुनैपनि अवस्थाले चोट पु¥याउन सक्दैन भन्ने बुझिन्छ । यसले अत्यन्तै साहस र शक्तिलाई बुझाउँछ ।
तारा
‘तारा’ नामले तारा जस्तै प्रकाशवान भएर रहने भन्ने बुझाउँछ । यस नामले चमक र साहसको प्रतीक दर्शाउँछ ।
शुभाङ्गी
‘शुभाङ्गी’ नामले सुन्दर शरीरलाई संकेत गर्दछ । सुन्दर र सौम्यताको प्रतीक नै ‘शुभांगी’ हो ।
यशश्विनी
‘यशश्विनी’लाई प्रसिद्धिकी देवीका रुपमा मानिन्छ । यसलाई सफलता र प्रसिद्धिको नाम समेत भनिन्छ ।
विद्या
‘विद्या’ लाई ज्ञानी देवी मानिन्छ । शिक्षा र ज्ञानको प्रतीक नै ‘विद्या’ हो ।
दृष्टि
‘दृष्टि’ को अर्थ दृष्टिकोण भन्ने हुन्छ । यस नाम गरेका छोरीहरु आफ्नो निर्णय लिने काममा सक्षम हुन्छन् भन्ने गरिन्छ ।
धन्विका
‘धन्विका’ लाई सुख र धनकी देवी मानिन्छ । यसले समृद्धिको संकेत गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया