मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘च्याटजीपीटी’ जत्तिकै स्मार्ट ‘सिरी’ सार्वजनिक गर्ने एप्पलको तयारी

काठमाडौँ–एप्पलले च्याटजीपीटी जत्तिकै स्मार्ट सिरी सार्वजनिक गर्ने भएको छ । 

अहिलेसम्म च्याटजीपीटी जत्तिकै स्मार्ट सिरी सार्वजनिक नगरेको एप्पलले आउँदो जुन महिनामा भोइस असिस्टेन्ट सिरीको एआई भर्सन ल्याउने सङ्केत गरेको छ । 

एप्पलले आईओएस १७.४ मा यस्तो फिचर प्रस्तुत गर्ने सङ्केत दिएको हो । एप्पलले सिरीमा एआई एकीकृत गर्न झन्डै एक अर्ब डलर लगानी गरिसकेको छ ।

एक रिपाेर्टअनुसार सिरीको नयाँ भर्सनलाई अझ स्मार्ट बनाउन ओपनएआईको कोड प्रयोग गरेको सङ्केत मिलेको छ ।

एप्पलले पछिल्लो समय कम्तीमा चार ओटा फरक–फरक एआई मोडलहरूको परीक्षण गरिरहेको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?