मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सामाजिक सञ्जालमा बहिष्कार गरेको फिल्म ‘छक्का पञ्जा ५’ ले एक दिनमा कति कमायो ?

काठमाडौँ– पछिल्लो समय फिल्म ‘छक्का पञ्जा ५’ लाई बहिस्कार गर्ने भनेर सामाजिक सञ्जालमा टीका टिप्पणी चलेता पनि राम्रो ग्रस कलेक्सन गरेको छ । बिहीबारदेखि प्रदर्शनीमा आएको फिल्मले पहिलो दिनमै राम्रो कमाई गरेको छ ।

कलाकार तथा निर्माता दीपकराज गिरीको जानकारीको अनुसार फिल्मले प्रदर्शनीको पहिलो दिनमै दुई करोडभन्दा बढी कमाई गरेको छ । छक्का पञ्जा सिरिजमै यो हालसम्म राम्रो ओपनिङ रहेको उनको भनाइ छ ।

उनका अनुसार फिल्मले पहिलो दिनमै दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस अघि फिल्म ‘छक्का पञ्जा ३’ ले पहिलो दिन एक करोड ७० लाख ग्रसकलेक्सन गरेको थियो ।

सामाजिक सञ्जालमा फिल्म नचल्ने धारणा आए पनि राम्रो व्यापार गर्न सफल भएको आफूसहित फिल्मको टीम नै खुसी भएको उनको भनाइ छ ।

‘छक्का पञ्जा–५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । चलचित्रमा दीपकसँगै केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?