मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘भारत रङ्ग महोत्सव’मा नेपालको नाटक ‘क्लेशाः’ छनौट

काठमाडौँ – नेपाली नाटक ‘क्लेशाः’ भारतीय नेसनल स्कुल अफ ड्रामाको ‘भारत रंग महोत्सव’ मा छनौट भएको छ ।

विजया कार्कीले निर्देशन गरेको उक्त नाटक महोत्सवका लागि छनोट भएको हो । सन् २००० बाट सुरु भएको यो महोत्सवमा सुरुमा राष्ट्रिय (भारतका नाटक मात्रै छनोट हुने) भए पनि पछि अन्तर्राष्ट्रिय महोत्सवमा परिणत गरिएको हो ।

यही कारण विभिन्न देशका नाटकहरू यो महोत्सवमा मञ्चन हुने गरेका छन् ।

प्रतीक्षा कट्टेलको लेखन रहेकाे नाटक ‘क्लेशाः’ करमन कलाको प्रस्तुति हो । जसकाे भारत यात्राअघि नेपालमा पनि विशेष मञ्चन गरिँदै छ । 

विशेष मञ्चन २०८० माघ २९ गते साँझ ५ बजे र फागुन १ गते दिउँसो १२ र साँझ ५ बजे मण्डला थियटर थापा गाउँमा हुने बताइएको छ । 

त्यसपछि ‘क्लेशाः’ करिब एक महिना चल्ने २३ औँ ‘भारत रङ्ग महोत्सव’मा आउँदो फ्रेब्रुअरीको १७ र १९ तारिकमा मञ्चन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?