मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मुटुरोगका बिरामीले भुलेर पनि खानु हुँदैन यस्ता खानेकुरा

काठमाडौँ– मुटुरोग एक जटिल रोग हो । यो रोग लागेका बिरामीहरुले स्वास्थ्यमा निकै ध्यान पुर्‍याउनुपर्छ । अहिलेको अस्तव्यस्त जीवनशैली र खानपानले हरेक व्यक्तिलाई कुनै न कुनै स्वास्थ्य समस्या देखिइरहेको हुन्छ ।

त्यसैले जीवनशैली परिवर्तन गर्न र स्वस्थ खानपानमा ध्यान दिन एकदमै जरुरी हुन्छ । त्यस्तै मुटु सम्बन्धी रोग त अझ गम्भीर हो । त्यसैले यस्ता व्यक्तिले आफ्नो स्वास्थ्यको एकदमै ख्याल गर्न जरुरी छ । के खाने तथा के नखाने भन्ने विषयमा पनि मुटुरोगीहरुले विशेष ध्यान दिन जरुरी छ ।

यसकारण हामी मुटुरोगीले कस्ता खानेकुराको सेवन गर्दा शतर्कता अपनाउनुपर्छ भन्ने जानकारी गराउन गइरहेका छौँ ।

नुन

नुनले खानाको स्वाद बढाउनुका साथै स्वास्थ्यलाभ पनि दिलाउँछ । तर मुटुरोगीले नुन धेरै खानु हुँदैन । धेरै नुन सेवनले शरीरमा रक्तचाप बढाउँछ, जुन मुटुका लागि हानिकारक हुनसक्छ । यति मात्र होइन नुनले मुटुसँग सम्बन्धित समस्या पनि बढाउँछ । यस्तो अवस्थामा मुटु रोगीले नुनको सेवन सीमित मात्रामा गर्नुपर्छ ।

मैदा

मैदा शरीरका लागि निकै हानिकारक हुन्छ । मैदाको सेवन गर्दा कोलेस्ट्रोल बढ्छ । जसका कराण हृदयघातको जोखिम पनि बढ्छ । खानामा मैदाको जति कम प्रयोग गर्नुहुन्छ, त्यति नै स्वास्थ्यका लागि राम्रो हुन्छ । मुटुका बिरामीले रोटी, बर्गर, चाउमिन जस्ता मैदाबाट बनेका खानेकुरा खानु हुँदैन ।

चिया र कफी

मुटु रोगीले धेरै चिया र कफी पनि पिउनु हुँदैन । चिया र कफीको सेवनले रक्तचाप बढाउँछ । यसले मुटुको रोगलाई बढवा दिन्छ । यसमा पाइने क्याफिनले मुटुलाई राम्रो गर्दैन । साथै मुटुका रोगीले अन्य चिसो पेय पदार्थ पिउनबाट पनि जोगिनु पर्छ ।

गुलियो खानेकुरा

खासगरी मधुमेहका बिरामीलाई मिठाईदेखि टाढै बस्नुपर्छ । स्वास्थ्य विज्ञहरुका अनुसार धेरै मात्रामा चिनी मुटुका विरामीका लागि खतरा हुन सक्छ । यसले मुटुको समस्या झनै बढाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?