मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शरीरमा यस्ता लक्षण देखिएमा शरीरमा हुनसक्छ पोषण तत्वको कमी

काठमाडौँ- हामीले खानाबाट तत्व पाउँछौँ । जसले शरीरलाई ऊर्जा प्रदान गर्छ र यही ऊर्जाबाट हाम्रो दैनिकी सहज हुन्छ । काम गर्ने जाँगर पनि चल्छ । पोसिलो खानाले हाम्रो शरीरको उर्जा बढ्छ ।

जब हाम्रो खानामा पोषणको कमी हुन्छ तब हाम्रो शरीर कमजोर हुन्छ । यसरी शरीरमा पौष्टिक तत्वको कमी हुँदा धेरै प्रकारका रोगहरू लाग्न थाल्छन् । पोषणको कमीले गर्दा शरीरमा यस्ता लक्षण देखिन्छन्:

कपाल झर्ने

शरीरमा प्रोटिन, आइरन र भिटामिनको कमी भएमा कपाल झर्न थाल्छ । कपाललाई पोषण दिन धेरै प्रकारका भिटामिन र मिनरल्स चाहिन्छ । त्यसैले कपाल झर्न थालेपछि पोषक तत्वको मात्रा लिनुपर्छ ।

कमजोर नङ

शरीरमा पोषक तत्वको कमी भएमा नङ कमजोर हुन थाल्छ । जसका कारण नङको अगाडिको भाग जुनसुकै बेला भाँचिन थाल्छ । नङ पनि खराब देखिन्छ । नङ भाँचिनुको मुख्य कारण शरीरमा जिंक र आइरनको कमी हुनु हो ।

लगातार थकान

शरीरमा पोषक तत्वको कमी भएमा भिटामिन र प्रोटिनको कमी हुन थाल्छ । भिटामिन बी १२ भिटामिन मध्ये सबैभन्दा धेरै कमी छ । शरीरमा भिटामिन बी १२ को कमी भएमा लगातार थकान महसूस हुन्छ ।

संक्रमण

पोषक तत्वको कमी हुँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन थाल्छ र यसका कारण मानिसहरू प्रायः सङ्क्रमणको शिकार हुने गर्दछन् । प्राय: रुघा लाग्छ । भिटामिन सी, जिंक र अन्य पोषक तत्वहरू प्रतिरक्षा बढाउन आवश्यक छ ।

मांसपेशीमा समस्या

पोषक तत्वको कमीका कारण शरीरमा इलेक्ट्रोलाइट्सको कमी हुन्छ । इलेक्ट्रोलाइट्स भन्नाले शरीरमा विद्युतीय सङ्केत जानका लागि नसाहरूमा इलेक्ट्रोलाइट फ्लुइडको कमी हुनु हो, जसका कारण सिग्नल पास हुँदैन । यसको सबैभन्दा ठुलो असर मांशपेशीमा पर्छ ।

जब शरीरमा पोटासियम, सोडियम, म्याग्नेसियम आदिको कमी हुन्छ, मांसपेशीहरू अत्यधिक रूपमा दुख्न थाल्छन् । यो कमी तुरुन्तै पूर्ति गर्न आवश्यक छ, अन्यथा यसले घातक प्रभाव पार्न सक्छ।

सुख्खा छाला

जब छालामा सुख्खापन देखिन थाल्छ, सधैँ उमेरलाई दोष दिएर मात्र हुँदैन । शरीरमा पोषक तत्वको कमी हुनु पनि यसको कारण हो । छालालाई पूर्ण पोषणको लागि भिटामिन ए र भिटामिन ई चाहिन्छ । यसबाहेक छालालाई हाइड्रेटेड राख्नको लागि पर्याप्त मात्रामा पानी र मिनरल्स चाहिन्छ ।

घाउ चाँडो निको नहुनु

शरीरमा पोषक तत्वको कमी हुँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन थाल्छ । रोग प्रतिरोधात्मक क्षमताका लागि भिटामिन सी, जिंक र प्रोटिन हुनु अति आवश्यक हुन्छ । यस्तो अवस्थामा शरीरमा कुनै घाउ भएमा तुरुन्तै निको हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?