मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शकिब भन्छन्- आन्दोलनमा मौन बसेँ, क्षमा चाहन्छु

काठमाडौँ- बङ्गलादेशका क्रिकेट खेलाडी शकिब अल हसनले विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा मौन बसेको स्विकार गरेका छन् । उनले आन्दोलनका क्रममा मौन बसेको भन्दै क्षमा समेत मागेका छन् । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टीका दर्जनौं व्यक्तिहरूमध्ये ३७ वर्षीय शाकिबले पनि बङ्गलादेशमा भएको विद्रोहको क्रममा प्रदर्शनकारीहरूमाथि घातक प्रहरी दमन र हत्याको लागि अनुसन्धानको सामना गरिरहेका छन् ।

बङ्गलादेशको क्रिकेटका पूर्व कप्तान शकिब सन् २०२४ को शुरुमा भएको संसदीय निर्वाचनमा सांसद निर्वाचित भएका थिए । अगस्टसम्म उनले बङ्गलादेशको सांसदको रूपमा सेवा गरेका थिए । उनले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक लामो नोट लेख्दै प्रदर्शनका क्रममा नबोलेकोमा माफी मागेका हुन् । नोटमा भनिएको छ, “आफ्नो जीवन उत्सर्ग गर्ने सबै विद्यार्थीहरूप्रति म श्रद्धाञ्जलि अर्पण गर्दछु ।”

मृतकका आफन्तजनप्रति समवेदना प्रकट गर्दै उनले भनेका छन्, “कुनै पनि कुराले कसैलाई गुमाउनुको रिक्ततालाई भर्न सक्दैन, तर मेरो मौनताबाट आहत भएका सबैसँग म क्षमा याचना गर्दछु। यदि म तपाईंको ठाउँमा भएको भए म पनि दुःखी हुने थिएँ ।”

बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार हसिनालाई सत्ताच्युत गर्नुअघि भएको अशान्तिमा परी ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?