मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हवाइजहाज कति उचाइसम्म उड्न सक्छ?

काठमाडौँ– कुनै समय हवाइजहाजमा बसेर यात्रा गर्नुलाई केवल परिकल्पना मानिन्थ्यो । प्रविधिसँगै हजाइजहाजको विकास भए पनि जहाजमा चढ्नु सबैका लागि सहजताको विषय थिएन ।

अहिले भने समय बदलिएको छ । साथै हवाइजहाजको यात्रा गर्नलाई धेरै महङ्गो खर्च पनि लाग्दैन । अझ अहिलेको व्यस्त जीवनशैलीमा त मानिसलाई जतिसक्दो चाँडो एक ठाउँबाट अर्को ठाउँमा पुग्नुपर्ने हुन्छ ।

आजकाल मानिससँग पैसा छ तर समय छैन । त्यसैले पनि रेल या गाडीको यात्रा गर्नुभन्दा हवाइजहाजको यात्रा गर्नुमा नै मानिसको रुचि बढ्दै गएको छ ।

तर, के तपाईँले ख्याल गर्नुभएको छ? हवाइजहाज कति उचाइसम्म उड्न सक्छ? आज हामीलाई तपाईँलाई यसबारेमा जानकारी दिन गइरहेका छौँ ।

कति उचाइमाथि उड्छ हवाइजहाज ?

उसो त हवाइजहाज कतिको उचाइसम्म उड्न सक्छ भन्ने कुरा एयरक्राफ्ट (जहाज) मा निर्भर रहन्छ । एयरक्राफ्टका आधारमा सामान्य रुपमा हवाइजहाज १० देखि २० हजारसम्म मात्रै नभएर ३० देखि ३५ हजार उचाइसम्म पनि उड्न सक्छ ।

विभिन्न अनुसन्धानका अनुसार एयरबसको फरक फरक मोडेलका अनुसार पास सर्विस ४१ हजारदेखि ४३ हजार फिटसम्म हुने गर्छ । तर हावामा ३० हजारदेखि ३५ हजार फिट उचाइमाथि उड्छ । त्यस्तै निजी कम्पनीको हवाइजहाज ५१ हजार उचाइ र ४५ हजार उचाइसम्म उडान भर्ने गर्छ ।

हवाइजहाजको उचाइमा के कुराले प्रभाव पार्छ?

एउटा जहाज कति माथि उचाइसम्म उडान भर्न सक्छ । यो उसको रुटमा निर्भर रहने गर्छ । छोटो दूरीका उडानहरू २५ देखि ३५ हजार उचाइमा उड्छन् भने लामो दूरीका उडान ३५ देखि ४० हजार फिटको उचाइमा उड्छन् । हवाइजहाज जति माथि उड्छ हावा पातलो र हल्का हुँदै जान्छ ।

विमानले कम इनधनको प्रयोग गर्छ । विमानको लागि निश्चित उचाइको लागि प्रमाणपत्र समेत दिने गरिन्छ । सैन्य विमानहरू मिसनका लागि ५० देखि ७० हजार फिटभन्दा माथि उड्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?