काठमाडौं -खासगरी लसुनले माछामासु र तरकारीको स्वाद दोब्बर बढाइदिन्छ । तर लसुनको उपयोग स्वाद बढाउनमा मात्र छैन । यो औषधीय गुणले पनि भरिपूर्ण छ ।
खासगरी लसुनमा एन्टिब्याक्टेरियल र एन्टिसेप्टिक गुण हुन्छ । यो फस्फोरस, जिंक, पोटासियम र म्याग्नेसियम जस्ता मिनरल्सले भरपुर हुन्छ ।
लसुनलाई औषधिको रुपमा प्रयोग गर्ने चलन पनि व्यापक छ । मह एन्टी बायोटिक र एन्टी ब्याक्टेरियल हुन्छ भने लसुनमा एलिसिन र फाइबरजस्ता फाइदाजनक न्यूट्रियन्ट्स हुने गर्दछ । यी दुबै मिसाएर खाँदा तपाईंको तौल घटाउनुका साथै विभिन्न रोगबाट छुटकारा दिनेछ ।
तौल घट्नुः
शरिर र लसुनको मिश्रणले शरिरको बोसोलाई कम गर्दछ । यसले तौल घटाउन सहयोग गर्दछ ।
मुटुको समस्याः
यसले कोलेस्ट्रोल कम हुन्छ र रक्त संचारलाई सन्तुलनमा राख्दछ ।
बलियो दाँतः
यसमा पाइने फस्फरसले दाँत बलियो बनाउँछ । यसले गमको समस्याबाट पनि जोगाउँछ ।
क्यान्सरः
लसुन र महमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सर हुनबाट जोगाउन सहयोग गर्दछ ।
संक्रमणः
यसमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसकारण फंगल इन्फेक्सन हटाउन यो फाइदाजनक हुन्छ ।
रुघा खोकीः
यो खाँदा शरिरमा गर्मी बढ्छ । त्यसकारण चिसो महिनामा रुघा खोकीबाट टाढा राख्छ ।
प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछः
लसुन र महले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । यसले शरिरको संक्रमणबाट बचाउँछ ।
थाहा पाउनुस् लसुन खानुका अन्य फाइदाः
मधुमेहः
यसले रगतमा सुगरको स्तरलाई नियन्त्रणमा राख्दछ । यसकारण यो मधुमेहका लागि फाइदाजनक हुन्छ ।
रक्तचापः
यसमा एलिसिन हुन्छ जसले रक्तचापलाई साधारण राख्दछ । यसले शरिरमा बोसोलाई कम गर्नमा फाइदाजनक हुन्छ ।
बाँझोपनः
यसमा सेलेनियम हुन्छ जसले बाँझोपनलाई हटाउन सहयोग गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया