मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म पुजार सार्कीको छायांकन पोखराबाट सुरु हुने

काठमाडौं – फिल्म पुजार सार्कीको फस्टलुक आइतबार रिलिज हुँदै छ । फिल्म निर्माताका अनुसार छायांकन मंगलबारबाट पोखरामा सुरु हुने भएको छ । पोखरामा नै फिल्मको शुभसाइत गर्दै छायांकन सुरु हुनेछ ।

फिल्मको प्राविधिकहरूको टिम आइतबार पोखरातर्फ लाग्ने निमार्ण पक्षले जनाएको छ । नायक पल शाहले फिल्म ‘पुजार सार्की’लाई लिएर आफू निकै नै उत्साहित भएको बताएका छन् ।

पल एक साता महोत्सवमा दौडँदा फिल्मको वर्कशप भने जारी नै थियो । विशेषगरि, पलले आफ्नो भूमिकामा असन्तुष्टि जनाएर वर्कशपमा सहभागी नभएको भन्ने खालका हल्ला फिल्म बजारमा चलिरहेका छन् । पलले आफ्नो भूमिका अहिले झनै पावरफुल बनेको समेत बताएका छन्।

यो फिल्ममा पल शाहको साथमा आर्यन सिग्देल, प्रदीप खड्का, अन्जना बराइली लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मलाई आउँदो बर्ष रिलिज गर्ने तयारी निर्माणपक्षको छ । ‘पुजार र सार्की’को कथामा निर्माण हुन लागेको फिल्मको शीर्ष भूमिकामा आर्यन र प्रदीप देखिदैछन् । फिल्ममा विकास सुवेदीको लेखन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?