काठमाडौँ– फूलपातीदेखि प्रदर्शनको तयारीमा रहेको आउने नयाँ नेपाली फिल्म ‘ज्वाइँ साब’ यूनिभर्सल अर्थात ‘यू’ सर्टिफिकेट पाएको छ ।
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले आइतबार साँझ फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न योग्य भन्दै ‘यू’ सर्टिफिकेट दिएको हो ।
फिल्मका निर्देशक वसन्त निरौलाले सेन्सर बोर्डका पदाधिकारीहरूले फिल्म हेरेपछि खुसी व्यक्त गरेको बताए ।
राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।
रेड आइ फिल्मसको ब्यानरमा निर्मित र समीर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शङ्कर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायाङ्कन, सञ्जय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको सङ्गीत छ ।
फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया