मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आकर्षक देखिन लगाउँनुहोस् यस्तो हिल जुत्ता

हिल लगाउँदा स्मार्ट र स्टाइलिस देखिने भएकाले पनि महिलाहरूको यसमा रुचि बढ्दै गएको छ।  सामान्यतया हिल उचाइ कम भएकाहरूले स्मार्ट र स्टाइलिस देखिन लगाउने गरेको पाइन्छ। 

ठिक्कको उचाइ भएकाहरूले पनि हिल लगाउँछन्।  हाई हिल महिलाहरूको लागि फेसन नै भइसकेको छ। 

हिल उचाइको लागि मात्र नभएर कपडासँगको कम्बिनेसन मिलाएर हिल लगाउने गरिन्छ।  कुनै स्पेसल अकेजनका लागि विशेष गरेर वान पिस, गाउन, साडी र कुर्थामा महिलाहरूले हिल लगाउने गर्छन्।  हिल लगाउँदा कस्तो कपडा लगाउने भन्ने विषयमा अचेल महिला धेरै जानकारी राख्न थालेका छन्। 

 यदि तपाई पनि हिल जुत्ताको सौखिन हुनुहुन्छ भने तपाई हिल जुत्ताको छनौट यसरी गर्न सक्नुहुन्छ ।

– स्टिल टोज हिल एकदमै अग्लो हिल भएको जुत्तालाई भनिन्छ । यो हिल जुत्ता लगाउँदा खुट्टालाई पातलो देखाउँछ । यो हिल जुत्ताको हिल एकदमै चुच्चो परेको हुन्छ । जसको कारण धेरैलाई हिड्डुल गर्न असहज पनि हुन्छ ।

 यो हिल पछाडिबाट अगाडी तर्फ पातलो हुन्छ । यो हिल लगाउँदा खुट्टाको औला मात्र देखिँदैन । यो हिललाई रातीको पार्टीमा लगाउँदा आकर्षक देखिन्छ । यो हिल जुत्ता तपाईँले यस्तो किसिमको पार्टीमा मात्र लगाउन सक्नुहुन्छ, जुन पार्टीमा तपाईँलाई कमै हिड्डुल गर्न परोस् ।

– पम्प्स हिल जुत्ताको उचाइ स्टिल टोज हिलको तुलनामा कम हुन्छ । यो हिल जुत्ताको हिल थोरै मोटो हुन्छ । यसको उचाइ पनि सिधा हुन्छ । यो हिल लगाएर हिँड्न केही सजिलो हुन्छ । यो हिल पुरै खुट्टा छोप्ने वा आधा खुट्टा छोप्ने प्रकारको हुन्छ । यो हिल जुत्ता पहिलो पटक लगाउँदै हुनुहुन्छ भने कालो वा हल्का खैरो रङ्गको किन्दा राम्रो हुन्छ ।

– ब्लक हिल अरू हिल भन्दा फराकिलो हुन्छ । यो हिल लगाएर सजिलै हिड्डुल गर्न सकिन्छ । यो हिल जुत्तालाई तपाईँले एक जोर राख्दा राम्रो हुन्छ । यो हिल तपाईँले कुनै पनि पार्टी वा समरोहमा लगाउनु सक्नु हुन्छ । यो हिलले तपाईँको लुक्सलाई एकदमै राम्रो देखाउँछ ।

–  प्लेटफर्म हिल अन्य हिलको तुलनामा लगाएर हिड्डुल गर्न सजिलो हुन्छ । तपाईँलाई पार्टी, समारोह वा कुनै कार्यक्रममा धेरै हिँड्नु पर्ने हुन्छ र हिल जुत्ता पनि लगाउन मन छ भने यो हिल जुत्ताको प्रयोग गर्न सक्नुहुन्छ ।

–  किटल हिल अन्य हिल जुत्ताको तुलनामा छोटो हुन्छ । तपाई अग्लो हिल जुत्ता लगाएर हिड्डुल गर्न सक्नु हुन्न र तपाई शारीरिक रूपमा अग्लो हुनुहुन्छ भने यो हिल तपाईँको लागि परफेक्ट हुन्छ । यो हिलले तपाईँको लुक्स राम्रो देखिनुका साथै यो हिल दैनिक रूपमा प्रयोग गर्न पनि सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?