काठमाडौँ– नेपालीहरूको महान् चाड बडादशैँको आगमनसँगै राजधानी शहर छाड्नेको चहलपहल बढेको छ ।
विभिन्न कामका लागि राजधानी बसे, आजबाट विद्यालयहरूमा बिदा सुरु हुने र पारिवारिक मिलनका लागि आफ्नो गाउँ फर्कनेको चहलपहल बढेको छ ।
लामो दुरीको यात्रामा होस् वा छोटो यात्रा गर्दा सामान्य सावधानी पनि नअपनाउँदा ज्यान जोखिममा पर्न सक्छ । विरामी परिन सक्छ यात्रा नै खल्लो हुन सक्छ । यसैले तपाईँको यात्रा सहज बनाउन यी कुराहरूमा सावधानी अपनाउनुस्:
ध्यान पुर्याउनु पर्ने कुरा:
– टिकट काउन्टरमा नै गएर काट्ने ।आफू चढ्ने बस तथा ड्राइभर र बस्ने सिटको राम्रो यकिन गर्ने । बिचौलियाबाट टिकट काट्दा समस्या हुनसक्छ ।
– आफ्नो लग्नुपर्ने सामान ब्याग तथा आवश्यक डकुमेन्ट ठिक भएको नभएको दोहोर्याएर यकिन गर्नुस् ।
– यात्रामा बान्ता आउने टाउको दुख्ने समस्या छ भने औषधि सेवा गर्ने ।त्यस्ता आवश्यक औषधि बोक्ने । आरामले सुत्ने ।
– बसको यात्रामा सवारीसाधनको झ्यालबाट टाउको ननिकाल्ने । यात्रुले टाउको वा हात निकाल्दा जोखिम बढी हुन्छ ।
– आफ्नो टिकट साथमा नै सुरक्षित राख्ने । मागेको बेला देखाउन र बसेको सिटबाट उठाउन खोजेमा देखाउनका लागि आफ्नो टिकट साथमा नै राख्नु पर्छ ।
– बस स्टेसनमा समयमा नै पुग्ने । समयको ख्याल गर्नुपर्छ ।
– यात्रुले यात्रा गर्दा मापसे गर्नु हुँदैन । अरूलाई समेत असहज बनाउँछ ।
– खाना थोरै खाएर यात्रा गर्ने । जङ्क फुड प्रयोग नगर्ने । खाना पचेन भने पेट दुखेर यात्रा सुखद नहुन सक्छ। यात्रामा अरूले दिएको खानेकुरा नखाने ।
– जुन क्षेत्रमा यात्रा गर्दै हुनुहुन्छ, त्यहाँको मौसमको अवस्था, बाटोको अवस्था, त्यही अनुसार लुगा कपडा र जुत्ता अन्य विषय व्यवस्थापन गर्ने ।
– यात्राका क्रममा लाग्ने अनुमानित खर्चभन्दा केही बढी पैसा साथमा बोक्नुहोस् । रकम नगदमा नै बोक्नुहोस् र यसको सुरक्षामा ध्यान दिनुहोस् ।
– आफू बस्ने भरपर्दो होटेललाई सम्पर्क गर्नुहोस् । जानकारी दिनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया