मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दशैँमा यात्रा

गाडीमा यात्रा गर्दा किन वान्ता हुन्छ ? कसरी रोक्न सकिन्छ ?

चाडपर्वको रौनकले यतिबेला चारैतिर उल्लासको माहोल छ । दशैँको बेला शहर बस्ने अधिकांश मानिसहरु आफ्नो पुर्ख्यौली घर जाने गर्छन् । दशैँ शुरु भएसँगै काठमाडौँ उपत्यका लगायत विभिन्न शहरबाट दशैँ मान्न गाउँ जानेहरू क्रम बढिरहेको छ ।

कतिपयलाई यात्रा निकै रमाइलो हुन्छ । तर कतिपयलाई भने यात्रा गर्ने क्रममा निकै गाह्रो हुन्छ । गाडीमा चढेपछि वान्ता हुने पिरले कतिपय व्यक्ति यात्रा भन्नासाथ डराउने गर्छन् । यसरी बस वा अन्य सवारीमा यात्रा गर्दा धेरैमा वान्ता हुने समस्या हुन्छ ।

कतिपयलाई गाडी नजिक पुग्ने बितिकै रिंगटा चल्छ । गाडीभित्र वान्ता हुन थाल्छ । यसकारण ‘बसमा यात्रा गर्दा के कारणले वान्ता हुन्छ ? वान्ता हुने समस्याबाट बच्न कस्तो उपाय अपनाउने लगायतका सन्दर्भमा डा. रमेश ढकालसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

गाडीमा यात्रा गर्दा किन वान्ता हुन्छ ?

गाडीमा यात्रा गर्दा मोसन सिकनेसको कारणले वान्ता हुने गर्छ । गाडीबाट बाहिर हेर्दा मानिसहरुको आँखाको अगाडिबाट दृश्यहरु छिटो छिटो परिवर्तन हुने हुन्छ । त्यसलाई सन्तुलन गर्नका लागि हाम्रो आँखा र शरीरले दिमागलाई जानकारी दिनुपर्ने हुन्छ । त्यो बेला हाम्रो कानबाट दिमागमा जाने नशाहरुको सन्तुलन पनि बिग्रन्छ । गाडीभित्र भएका बेला आँखाले फरक—फरक दुश्यजस्तै एकदमै ठूलो दृश्य आइरहेको छ । त्यो बेला हाम्रो ज्यान एकदमै स्थिर हुन्छ र हाम्रो दिमाग कन्फयुजन हुन्छ । त्यही कारण वान्ता आउने चक्कर लाग्ने र वान्ता हुने गर्छ ।  साथै कतिपयलाई फुड पोइजन भएर पनि वान्ता हुने गर्छ ।

यस्तो समस्याबाट राहत पाउन के गर्ने ?

गाडी चढ्दा वान्ता नहोस् भन्नका लागि यात्रा गर्दा सकभर माछा, मासु, चिल्लो–पिरो, बाहिरी जंक फुडहरु पनि त्यति धेरै सेवन नगर्नुहोस् । सोझो बाटोमा गाडी गुड्दा खासै असहज हुँदैन । तर घुमाउरो, उकालो र ओरालो बाटोमा यात्रुलाई असहज महसूस हुन्छ ।

गाडीको धुँवा, चुरोटको धुँवा, भीडभाड र गुम्म हुँदा पनि धेरैलाई वान्ता हुन्छ । त्यसका लागि गाडी चढ्नुभन्दा अगाडि नै विभिन्न उपाय अपनाउन सकिन्छ । गाडी चढ्नुभन्दा एक घण्टाअगाडि वान्ता नलाग्ने औषधी खान सकिन्छ । यात्रा गर्नुअघि पेटभरी टन्न खानु हुँदैन र पुरै खाली पेट पनि यात्रा गर्नु हुँदैन । चिल्लो, पिरो, मसला धेरै भएको खानेकुरा पनि खानुहुँदैन ।

त्यस्तै, मैदाजन्य खानेकुरा पनि सकेसम्म खानु हुँदैन । यस्तो खाना पच्न समय लाग्ने भएकाले समस्या देखिन सक्छ । लामो यात्रा गर्दा ल्वाङ, सुकमेल वा अदुवाको सानो टुक्रा मुखमा राखेर यात्रा गर्दा पनि आराम हुन्छ । गाडीमा यात्रा गर्दा मैदाजन्य खानेकुरा खानु हुँदैन । र अर्को उपाय भनेको गाडीमा चढ्नुभन्दा अगाडि देखिनै एभोमिन, मेट्रोक्लोरपारमिड जस्ता वान्ता नआउने औषधीहरुको सेवन गर्न सकिन्छ ।

कस्ता व्यक्तिलाई वान्ता हुने समस्या बढी हुन्छ ?

गाडीमा यात्रा गर्दा हामी एकै ठाउँमा बरिरहन्छौं । यसकारण शरीरको मुभमेन्ट हुँदैन र पेटमा ग्यास भरिने हुन्छ । सुगर, प्रेसर डायबेटिज जस्ता दीर्घरोगी बिरामीहरुमा यस्तो समस्या हुने सम्भावना रहन्छ । ती व्यक्तिले गाडीमा यात्रा गर्दा धेरै वान्ता आयो भने उनीहरुको रक्तचाप घटेर खतरा हुने सम्भावना हुन्छ ।

शरीरमा पानीको मात्रा कम भएर समस्या हुन सक्छ । बसबाट ओर्लिए पनि वान्ता रोकिएन भने तुरुन्तै अस्पताल जानुपर्छ । वान्ता बच्चा र महिलाहरुलाई धेरै मात्रामा हुने गर्छ । वृद्धवृद्धाहरुलाई वान्ता धेरै भयो भने जोखिम हुन सक्छ ।

गाडीमा यात्रा गर्ने यात्रुहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

थोरै थोरै खानेकुरा खाइराख्ने, अन्य कुरामा मन लगाउने, सँगै बस्ने व्यक्तिसँग गफ गर्ने गर्दा दिमागले बस चढेर गाह्रो हुने कल्पना गर्न पाउँदैन । गाडीमा धेरैले वान्ता हुन्छ भनेर भोकै यात्रा गरिरहेको पनि पाइन्छ । तर यसले ग्यास्ट्रिक बढाउने हुँदा पटकपटक खानेकुरा खाइरहनुपर्छ ।

यसैगरी यात्रा गर्दा जहिले अगाडि हेर्ने, टाढाको दृश्य हेर्ने, झ्यालहरु खोलेर ताजा हावा आउन नदिने, मसलेदार खानेकुरा यात्रा गर्दा सकेसम्म नखाने, गीत सुन्ने गरेर पनि यो समस्याबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?