मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रतिभा खोज्न साहित्यिक कार्यक्रम

खजुरा– बाँकेको खजुरा गाउँपालिकामा बृहत् साहित्यिक कार्यक्रम सुरु भएको छ । खजुरा प्रज्ञा–प्रतिष्ठानले प्रतिभाको खोजी गर्नका लागि आज यहाँ साहित्यिक कार्यक्रमको आयोजना गरेको हो ।

सातवटा विधामा तीन दिनसम्म कार्यक्रम सञ्चालन गरिने प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा इन्द्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार गायन, नृत्य, चित्रकला, निबन्ध, कविता, उखान र वक्तृत्वकला प्रतियोगिता हुनेछन् ।

“यही माघ १३ र १४ गते सात विधामा प्रतियोगिता गराउने छौँ । माघ १५ गते उत्कृष्ट र विधागत उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृृत गर्ने कार्यक्र छ,” डा भण्डारीले भने, “यसअघि केही विधामा यस्ता कार्यक्रम आयोजना गरिएको थियो । एकैपटक बृहत्रुपमा सात विधामा पहिलोपटक कार्यक्रम आयोजना हुन लागेको हो ।”

कार्यक्रम ‘म र मेरो खजुरा’ विषयमा केन्द्रित हुने उनको भनाइ थियो ।

कार्यक्रममा खजुरा गाउँपालिकाका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रज्ञा–प्रतिष्ठानका सदस्य माधव शर्माका अनुसार गाउँपालिकाभित्रका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न बृहत् कार्यक्रमको आयोजना गरिएको हो ।

उनले साहित्य र कला क्षेत्रमा सम्भावना भएको पालिका भएकाले प्रज्ञा–प्रतिष्ठानले प्रतिभा खोजीका लागि कार्यक्रम गर्न लागेको बताए ।

यस कार्यक्रमले हरेक वर्ष प्राथमिकता पाउने शर्माले जानकारी दिए । प्रज्ञा–प्रतिष्ठानले उक्त कार्यक्रम खजुरा गाउँपालिकाको सहयोगमा आयोजना गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?