मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रैथाने पूर्वेली लोकगीत ‘एकै नजर परिगो’ सार्वजनिक

काठमाडौँ– सन्तोष योञ्जनको रैथाने पूर्वेली लोकगीत ‘एकै नजर परिगो’ सार्वजनिक भएको छ ।

गीतमा संकलन तथा स्वर योञ्जनकै रहेको छ । उनलाई स्वरमा साथ दीपा तामाङले दिएकी छिन् ।
हाक्पारे, पालम, केलाङ, साकेला, ख्याली वा झ्याउरे अर्थात् चुड्के, लम्बरी वा नम्बरी, गोठाले वा घाँसे वा दाउरे, मारुनी, सोरठी जस्ता पूर्वी पहाडका प्रसिद्ध लोक भाकाहरु हुन् ।

तिनै भाकाहरूमध्ये योञ्जनको पछिल्लो गीत ‘एकै नजर परिगो’मा लोपोन्मखु पुरानो रैथाने भाका ख्याली अर्थात् झ्याउरे वा चुड्केलाई टिपेर जीवन्त बनाउने जमर्को गरिएको छ ।

यो किरात सभ्यताभित्र विभिन्न पर्व, मेला, हाटबजार आदिमा गाइने लोकगीत हो । यस भाकामा लोकजीवनको विभिन्न दुःखसुख, प्रेमविछोड, आशानिरास, रहनसहन, रीतिरिवाज, विश्वास, अनुभूति, जीवनचक्रका सत्यता आदिलाई अभिव्यक्त गरिएको छ ।

यो विशेषगरी कामको थकानपश्चात् साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिनमा लाग्ने राँके बजारकेन्द्रीत भएर गाइएको लोकगीत हो । हुन त यस भाका अन्य पर्व तथा हाटबजारमा पनि प्रशस्तै गाइने चलन छ ।

योञ्जनले यस भाकाका लय र केही शब्दहरू अरुण गाउँपालिका र्‍याङ ४ बेसीटोलका स्वर्गीय श्री सीताराम बालाली राईबाट सङ्कलन गरेका हुन् भने बाँकी अन्य शब्दहरू अरुण तथा तम्मोर उपत्यका भेगबाट संयोजन गरेको सुनाए ।

गीतमा म्युजिकको सम्पादन संकलक योञ्जन र बुद्ध स्याङबाले गरेका हुन् भने एरेन्ज र मिक्सिङ स्याङबाले गरेका हुन् । यस गीतको रेकर्डिङ बुद्ध रेकर्डिङ स्टूडियो पुतलीसडकमा गरिएको हो । गीतको अडियो ‘सन्तोष योञ्जनको यूट्यूब च्यानल’ बाट सार्वजनिक गरिएको छ ।

भोजपुर जिल्ला अरुण गाउँपालिका ४ र्‍याङमा जन्मेका योञ्जन विशेषगरी आदिवासी ज्ञान, सीप तथा संस्कृतिको अध्ययन तथा अनुसन्धान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?