मानिसको व्यवहार उसको सोचमा निर्भर रहन्छ । यदि सोच सकारात्मक भयो भने मानिसले हरेक क्षेत्रमा सकारात्मक प्रभाव राख्न सक्छ । तर कतिपय मानिसमा नकारात्मक सोच रहने गरेको छ ।
अरूले गरेको प्रगति वा सफलतामा ईष्या गर्ने वा अरूले खाएको, लाएकोमा रिस डाह गर्नेहरू आफ्नै जीवनसँग गुनासो गर्दछन् । तर यस्तो हुँदै गएमा जीवनमा असन्तुष्टि, उदासीपन एवं निराशा उत्पन्न हुन्छ र बिस्तारै नकारात्मक सोचको विकास हुन्छ ।
नकारात्मक सोच राख्नेहरू जीवनमा नकारात्मक भावनालाई हाबी हुन दिन्छन् जसका कारण उनीहरूलाई विभिन्न मानसिक तथा शारीरिक रोगको खतरासमेत हुन्छ ।
कसरी कम गर्ने
नकारात्मक भावना नियन्त्रण गर्न अरूको सहायता भन्दा पनि आफ्नो मनलाई स्वयम्ले नियन्त्रण गर्न सक्नुपर्छ । आफ्ना बालबालिकामा नकारात्मक सोच आउन नदिन सानै बेलादेखि विशेष ध्यान दिनुपर्छ ।
बोल्न लजाउने वा कुनै काम प्रति चासो नदिने भए उनीहरूलाई फकाएर ती काम गर्न लगाउनु पर्छ । ठुलाले पनि जे कुरामा डर लाग्छ, त्यसको खुलेर सामना गर्नुपर्छ । यसो गर्नाले नकारात्मक सोच हट्दै जान्छ ।
साथै जे विषयमा आफ्नो भावना गलत भएको छ त्यो विषयमा साथीभाइसँग खुलेर कुरा गर्नाले पनि नकारात्मक सोच हटेर जान्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया