मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तनहुँ : छ महिनामा चार अजिङ्गरको उद्धार

तनहुँ– डिभिजन वन कार्यालय तनहुँले चार अजिङ्गरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ । गत वैशाखदेखि यही असोज महिनासम्म जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेको हो ।

गत बिहीबार मात्रै व्यास नगरपालिका–१२ स्थित कमलबारीमा भेटिएको अजिङ्गरको उद्धार गरिएको सो कार्यालयले जनाएको छ । दश फिट चार इन्च लामो र १५ किलो दुई सय ग्रामको तौल भएको अजिङ्गरको उद्धार गरिएको उद्धारकर्ता अर्जुन श्रेष्ठले जानकारी दिए ।

उद्धार गरिएका अजिङ्गरको बस्तीदेखि टाढा,घनाजंगल र सुरक्षित स्थानमा लगेर छाड्ने गरिएको छ । केही अघि मात्रैव्यास–२ अमरापुरी,व्यास–१३ बेलबास लगायतका स्थानमा अजिङ्गर भेटिएको थियो ।

विस्तारको काम भइरहेको पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा खण्डअन्तर्गत सडकको नालीमा फेला परेको अजिङ्गर स्थानीयले जानकारी दिएपछि डिभिजन वन कार्यालयले उद्धार गरेको हो ।

सवारी चालक अर्जुनकुमार श्रेष्ठ, सशस्त्र वन रक्षक जमदार सूर्य सुवेदी, सशस्त्र वन रक्षकहरू कृष्ण कैनी, रामकाजी अधिकारी, गुननारायण श्रेष्ठ र चौकीदार उत्तम मल्लको टोलीले अजिङ्गरको उद्धार गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार अजिङ्गरलाई संरक्षित सरीसृपको रूपमा लिइने गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । “अजिङ्गर हत्तपत्त भेटिने जीव होइन”, उनले भने, “यसले मानव जातिलाई क्षति नगरे पनि बाख्राका ससाना पाठापाठी खाएर नोक्सान पुर्‍याउने गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?