विभिन्न उमेरका मानिसहरूको निद्राको आवश्यकता फरक–फरक हुने गर्छ। हामीहरू प्रायले आफूलाई पर्याप्त निद्रा नपुगेको सहजै थाहा पाउँछौँ। तर पर्याप्त निद्रा भनेको कति हो त ? मानिसको निन्द्राको आवश्यकतामा महत्त्वपूर्ण भूमिका निर्धारण गर्ने गर्छ।
नवजात (०–३ महिना) – भर्खर जन्मेका बच्चाहरूले सामान्यतया दैनिक १४ देखि १७ सुत्नु पर्दछ। ११ देखि १३ घण्टा सुत्दा पनि तिनीहरूलाई निद्रा पुग्छ, तर १९ घण्टाभन्दा बढी सुत्न दिनु हुन्न।
शिशु (४–११ महिना) – यिनीहरूका लागि उपयुक्त १२ देखि १५ घण्टाको निद्रा हो। कम्तीमा १० घण्टा सुत्दा पनि निद्रा पुग्न सक्छ तर शिशुहरूलाई १८ घण्टाभन्दा बढी कहिल्यै सुत्न दिनु हुँदैन।
वामे सर्नेहरू (१–२ वर्ष) – यो उमेरका बच्चाहरूले ११ देखि १४ घण्टा सुत्नु पर्छ। यिनीहरूका लागि स्वीकार्य ९ देखि १६ घण्टाको निद्रा हो।
विद्यालय जानु अघिका (३–५ वर्ष) – विशेषज्ञहरू यो उमेर समूहका बच्चाहरूले १० देखि १३ घण्टा सुत्नु पर्ने बताएका छन्। तर ८ घण्टाभन्दा कम र १४ घण्टा भन्दा बढी निद्रा यिनीहरूलाई उपयुक्त हुँदैन।
स्कुले उमेरका (६–१३ वर्ष) – अमेरिकी निद्रा फाउन्डेसनका अनुसार यो उमेरकाहरुले ९ देखि ११ घण्टा सुत्नुपर्छ। ७ घण्टा भन्दा कम र १२ घण्टा भन्दा बढीको निद्रा यिनीहरूका लागि स्वस्थ मानिएको छैन।
किशोर किशोरी (१४–१७ वर्ष) – किशोरकिशोरीहरुका लागि सुझाइएको निद्राको अवधि ८ देखि १० घण्टा हो। तर यिनीहरूले ११ घण्टाभन्दा बढी र ७ घण्टाभन्दा कम सुत्नु उपयुक्त नहुने अमेरिकी निद्रा फाउन्डेसनले जनाएको छ।
युवा (१८–२५ वर्ष) – युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हो। तर यिनीहरूले ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी सुत्नु हुँदैन।
वयस्क (२६–६४ वर्ष) – यो उमेर समूहका लागि सुझाइएको निद्राको अवधि युवाहरूको लागि जस्तै छ।
बृद्ध (६५ वर्ष भन्दा माथि) – यो उमेर समूहका मानिसहरूका लागि दैनिक ७–८ घण्टाको निद्रा स्वस्थ मानिएको छ। तर यिनीहरूले ५ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढी सुत्नु स्वस्थ होइन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया