शरीरका विभिन्न अङ्गमा छेडेर रिङ या अन्य गहना झुन्ड्याउनुलाई ‘पियरसिङ’ भनिन्छ, जुन फेसन अचेल नेपालमा पनि मौलाएको छ । खासगरी पेट, नाइटो, जिब्रो, ओठ र कानको बाहिरी लोतीमा पियरसिङ गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।
यो कति सुरक्षित छ त ?
– जथाभाबी पियरसिङ गर्दा ब्याक्टेरिया, भाइरस, एचआइभी, हेपाटाइटिसलगायत सङ्क्रमणको जोखिम हुन्छ।
– सियोको माध्यमबाट गरिने पियरसिङ व्यक्तिको रोजाइ हो । सियोलाई उचित तरीकाले प्रयोग नगर्दा सङ्क्रमणको जोखिम हुन्छ ।
– जथाभाबी छेदन गर्दा घाउ पाक्ने, नकारात्मक प्रतिक्रिया, ब्याक्टेरिया, भाइरस, एचआइभी, हेपाटाइटिसलगायत सङ्क्रमणको जोखिम बढ्छ ।
– बिना अनुभवीको मा गएर नाइटो छेड्दा मासु पलाउने समस्या आउने र नशामा क्षति समेत पुग्न सक्छ ।
– त्यसैले सुरक्षित तवरले अनि अनुभवी व्यक्ति मार्फत मात्रै नाइटो छेड्दा राम्रो हुन्छ र कुनै किसिमको जोखिम हुँदैन। यस्तो पियरसिङ शरीरमा सुहाउँदो पनि हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया