मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घुमघाम

दशैँको विदामा ट्रेकिङ जाने सोचमा हुनुहुन्छ ? उत्कृष्ट गन्तव्य बन्न सक्छ कोखे डाँडा

काठमाडौँ– दशैँको विदामा कतै ट्रेकिङ गर्ने सोच बनाउनुभएको छ ? लामो ट्रेकिङमा जाने विचार गर्नु भएको छ भने तपाईँका लागि पर्वतको कोखे डाँडा राम्रो विकल्प हुन सक्छ ।

पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ मा रहेको कोखे डाँडामा जान र आउनका लागि तपाईले करिब एक हप्ताको समय छुट्याउनु पर्छ । यहाँ जानको लागि मात्रै तीनदेखि चार दिन लाग्छ ।

समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथि रहेको कोखे डाँडामा तपाईँ प्राकृतिक वातावरणसँग रमाउँदै ट्रेकिङ गर्न पाइन्छ । काठमाडौँबाट पोखरा हुँदै कोखे डाँडा जान सकिन्छ । पोखराबाट कोखे डाँडा पुग्नको लागि तीन वटा वैकल्पिक बाटोहरु रहेका छन् ।

पोखराबाट झिलीबराङ हुँदै, पोखराबाट उल्लेरी हुँदै र पोखराबाट बन ठाटी, बनठाँटीबाट ताप्रुङ हुँदै कोखे डाँडामा पुग्न सकिन्छ । यात्राको क्रममा बाटोमा शताब्दी घर पनि देख्न सकिन्छ । शताब्दी घरले ३०० वर्ष पुरानो इतिहास बोकेको छ  । घरमा मौलिक सभ्यता बोकेको सामग्रीहरु संरक्षणको लागि पहल हुँदै आएको छ ।

पर्वतको खुर्कोटतर्फ हल्जुरेसम्म सवारी साधानको प्रयोग गरी जान सकिन्छ । हल्जुरेमा आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी होमस्टे सञ्चालन गरिएको छ । जहाँ रैथाने परिकारको खानासहितको व्यवस्था गरेको छ । यसका सागै होमस्टेहरुले पर्यटकको लागि  क्याम्पेनिङ गर्नका व्यवस्था समेत गरेका छन् । यहाँबाट प्राकृतिक दृश्यावलोकन गर्न पनि निकै राम्रो छ ।

बिहानको सूर्योदय, आँखा अगाडिको डाँडाकाडा, हरियाली वनजंगललाई नजिकबाट नियाल्दै पदयात्रालाई अगाडि बढाउन सकिन्छ ।

यो यात्राका क्रममा तपाई जति जति अगाडि बढ्नुहुन्छ धौलागिरी हिमाललाई झन नजिकबाट नियाल्न सक्नुहुन्छ । करिब दुई घण्टाको यात्रापछि लेस्पार पुगिन्छ । यहाँसम्म जानको लागि कच्ची रोडको पनि व्यवस्था छ । तर धूलो उड्ने भएकोले जंगलको बाटो हुँदै यात्रा गर्नु स्वास्थ्यको लागि राम्रो हुन्छ । लेस्पारमा मगर समुदायको बाक्लो बस्ती छ ।

छिटपुटबाहेक अधिकांश परम्परागत शैलीमा बनेका घरहरु छन् । यहाँबाट ग्रामीण क्षेत्रको मात्रै नभई मगर समुदायको दैनिकी, सँस्कृतीलाई पनि नियाल्न सकिन्छ । यसका साथै रैथाने परिकारका खानासँग आनन्दसँग रमाउन सकिन्छ ।

लेस्पारदेखि एक घण्टाको पैदल यात्रा पछि होमस्टेहरु भेटाउन सकिन्छ । गाउँबाट टाढा रहेको यहाँ शान्त वातावरणमा साथीहरुसँग क्याम्पियन गरेर रमाउन सकिन्छ । यहाँबाट कोखे डाँडामा जानको लागि स्थानीयहरुको सहयोगमा सुविधा सम्पन्न बाटोको निर्माण गरिएको छ । स्थानीय क्षेत्रमा पाइने आकर्षक ढुंगाहरुलाई मिलाएर बाटो निर्माण गरिएको छ ।

बाटोका बटुवाको सहजताका लागि ठाउँठाउँमा बोर्डहरुको व्यवस्था गरिएको छ । ती बोर्डले पैदलयात्रुलाई गन्तव्यबारे मार्ग निर्देशन गर्छ ।  उकालो चढ्दै अन्नपूर्ण र धौवलागिरीको सुन्दरतालाई नजिकबाट नियाल्दै यात्रा गर्न सक्नुहुन्छ । अझ विशाल हिमाललाई हामीबाट लुकाउने खोज्ने बादलुको दृश्यले थप मनमोहक बनाउँछ ।

मोरे डाँडाको उकालो सकेपछि केही बेर ओरालो झरेर कोखे डाँडा पुग्न सकिन्छ । डाँडामा बसेर आकाशतिर र भुइँतिरको दृश्यलाई नजिकबाट नियाल्न सकिन्छ  । अझ सूर्यको किरणसँगै फेरिने रंग, समयसँगै फेरिने रुप, हरियाली दृश्य, रंगीविरंगी फूलले सिङ्गारिएको प्रकृतीले झन् मनलाई अझै आनन्दित बनाउँछ ।

सेता हिउँले छोपिएको हिमाललाई लुकाउन खोज्ने बादल र बिहानदेखि बेलुकासँग फेरिने रुपले फरक आभाष दिलाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?