हामीले प्रायः केही वर्ष चलाएर पुरानो मोबाइल फोनको साटो नयाँ मोबाइल फोन प्रयोग गर्ने गर्दछौँ ।
नयाँ मोबाइल चलाउन थालेसँगै फोनमा सुरक्षित गरिने फोन नम्बरहरू पनि निरन्तर अद्यावधिक भइरहेका हुन्छन् । कतिपय नम्बरहरू छुट्ने र कतिपय नम्बरहरू थपिने हुन्छन् ।
केही नम्बरहरू त दुई तीन पटक नै कपी हुन सक्दछ । यसरी कुनै फोनमा एउटा नम्बर विभिन्न एकभन्दा बढी पटक सेभ गरियो भने त्यसलाई डुप्लिकेट कन्ट्याक्ट नम्बर भनिन्छ ।
हामीले सम्पर्क नम्बरलाई सिमकार्डमा कपी गर्ने र त्यसपछि इमेल आईडीसँग सिंक्रोनाइज पनि गर्ने हुँदा त्यस्तो हुन जान्छ । त्यसले नयाँ फोनमा एउटै फोन नम्बर २-४ पटक नै देखिन थाल्दछ ।
त्यस्ता सम्पर्क नम्बरलाई कसरी हटाउन सकिन्छ त ?
-एपको प्रयोग गरेर दोहोरिएको नम्बर हटाउन चाहनुहुन्छ भने प्ले स्टोरबाट Cleaner– Merge Duplicate Contact नामक एप डाउनलोड गर्नुहोस् ।
-उक्त एप खोलेसँगै फोनमा रहेका सबै सम्पर्क नम्बरहरू स्क्यान हुन्छन् । फोनका सबै नम्बरहरू यस एपमा डुप्लिकेट नम्बरसँगै देखिनेछन् ।
-त्यसपछिmerge बटनमा ट्याप गर्नुहोस् । यसो गर्दा फोनमा रहेका सबै डुप्लिकेट नम्बरहरू डिलिट हुनेछन् र त्यसमध्ये एउटा ओरिजिनल कन्ट्याक्ट नम्बर मात्रै बाँकी रहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया