मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो दाँत उपचारमा गरिने आरसिटी ?

दुखेको दाँतको नसादेखि नै गरिने उपचारलाई आरसिटी (रुट क्यानल ट्रिटमेन्ट) भनिन्छ । दाँतको नशासम्म संक्रमण पुगेपछि आरसिटी गर्नुपर्छ । नशासम्मै संक्रमण भएको छैन भने सामान्य भराइले पनि काम गर्छ । आरसिटी गरेपछि दाँत दुखाइ कम हुँदै जान्छ ।

कसरी गरिन्छ ?

दाँत दुखेको अवस्थामा यसको वरिपरि सुइ लगाएर, नदुख्ने बनाएर आरसिटी उपचार सुरु गरिन्छ । दाँतको माथिल्लो भागमा सानो प्वाल बनाएर जरासम्म पुग्ने बाटो बनाइन्छ र नसाका नली सफा गर्ने सानो–सानो सामान छिराएर नसाहरू नलीबाट निकालिन्छ । 

यसरी उक्त नसाका नलीहरू पूर्ण रूपले सफा भएपछि कृत्रिम नसाहरू, जसलाई गट्टा पर्चा भनिन्छ, त्यसलाई नसाको नलीमा राखिन्छ र दाँतको माथिल्लो भागमा बनाइएको प्वाललाई सिमेन्ट लगाएर टालिन्छ । 

समय 
तपाईंको दाँतमा भएको जराको संख्या, त्यसको बनावट, संक्रमणको स्तर, रोगप्रतिरोधी क्षमतालगायत कुराले उपचारमा लाग्ने समय निर्धारण गर्छ ।

कसैलाई तीन–चार दिनको अन्तरालमा तीन–चारपटक जानुपर्ने हुन्छ । कसैलाई बढी समय जानुपर्ने हुन सक्छ । हरेकपटक ३०–४५ मिनेटको समय लाग्न सक्छ । 

आरिसिटी गरेपछि दाँतमा नसा र रक्तसञ्चार नहुने कारणले दाँत कमजोर हुन्छ । त्यसैले दाँतलाई पूर्ण रूपमा बलियो बनाउन यसमा खोल (क्राउन) लगाउनुपर्ने हुन्छ । विशेषगरी, चपाउन प्रयोग हुने बंगाराहरूमा खोलको आवश्यकता धेरै पर्छ । खोल नलगाए दाँत भाँच्चिने जोखिम हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?