मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी खिचिएको थियो हलिउड फिल्म ‘टाइटानिक’ को अन्तरंग दृश्य

लसएञ्जल्स– हलिउडको सबैभन्दा प्रतिष्ठित फिल्ममा पर्ने ‘टाइटानिक’ सन् १९९७ को डिसेम्बर १७ मा रिलिज भएको थियो । यो फिल्मले अभिनेता लियोनार्दो डिकाप्रियो र अभिनेत्री केट विन्सलेटलाई रातारात स्टार बनाएको थियो ।

कैयौं भाषामा डब गरिएको यो फिल्मले ‘ओस्कार अवार्ड’ जितेको थियो । यो फिल्ममा लियोनार्दो र केटको अन्तरंग यौन दृश्य सर्वाधिक चर्चित बनेको थियो । यो दृश्य कसरी खिचिएको थियो भन्ने बारेमा अभिनेत्री केटले मुख खोलेकी छन् ।

केटका अनुसार यो दृश्य छायांकन भइरहँदा उनी निकै निरास थिइन् । जबकी लियोनार्दो भने यो दृश्य खिचेपछि सामान्य अवस्थामा थिए ।

‘यो दृश्य खिचिरहँदा हामी आफ्नो चरित्रमै थियौं । जसमा रोज ज्याकलाई प्रेम गर्न चाहन्थे । जसै क्यामरा रोल हुन बन्द भयो, हामी उठ्यौं र आ–आफ्नो बाटो लाग्यौं । यो दृश्य सकिएको थियो । म सुतिरहेको बेला के यो काम गर्नु लाजको कुरा हो ? भनेर सोचेकी थिएँ । तर यो काम राम्रो भयो’, केटले एक अन्तर्वार्तामा भनेकी छन् ।

यो फिल्ममा काम गर्नुअघि नै लियोनार्दो र केट मिल्ने साथी थिए । उनीहरु २० वर्ष भन्दा बढी समयदेखि एकअर्कालाई चिन्दछन् । यो दृश्य हेर्नकै लागि मानिसहरुले ‘टाइटानिक’लाई धेरैपटक हेरेका थिए । फिल्मको दृश्यमा ज्याक र रोज टाइटानिक जहाजको तल्लो तलमा एक कारभित्र सेक्स गर्छन् ।

केटका अनुसार यो दृश्य खिच्नुअघि उनले लियोसँग यौन जीवनको बारेमा खुलेर कुराकानी गरेकी थिइन् । केटलाई लियोले सेक्सुअल टिप्स दिएका थिए । त्यही टिप्स अनुसार केटले दृश्य दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?