मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धर्म/संस्कृति

दशैँको नवरात्रीमा पुजिने काठमाडौँ उपत्यकाका चार भगवती

काठमाडौँ– दशैँ भन्ने बित्तिकै देवीलाई पुज्ने चाडको रुपमा मनाइने गरिन्छ । शरद् ऋतुमा मनाइने यो चाडमा विशेष गरी दुर्गा भगवानलाई पूजाआजा गरी मनाइने गरिन्छ ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिने मनाइने दशैँमा दुर्गालाई विभिन्न रुपको रुपमा पुजाआजा गरि मनाइन्छ । विशेष गरी घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म विभिन्न देवीको शक्तिपीठमा गई पुजाआजासमेत गर्ने गरिन्छ ।

पौराणिक कथाको अनुसार देवी दुर्गाले राक्षस गणका नायक महिषसुरलगायत शुम्भ, रक्तबीज, निशुम्भलगायतलाई बध गरी उनीहरुको अत्याचारबाट देव गणको रक्षा गरेकोले उनको पूजा र आराधना गर्ने गरिएको मान्यता रहेको छ । त्यसैले हरेक वर्ष दशैँमा माता दुर्गालाई विभिन्न रुपको रुपमा पूजा गर्ने गरिन्छ ।

दशैँको समयमा देशभरको विभिन्न शक्तिपीठहरुमा मेलासमेत लाग्ने गर्दछ । आज हामी दशैँमा दर्शन गर्नुपर्ने चार भगवतीको बारेमा जानकारी दिनेछौँ । ती भगवतीलाई दिदीबहिनीको रुपमा रहेको मान्यता रहेको छ । यी चार वटै भगवतीलाई बडादशैँको नवरात्रीको हरेक दिन पूजा आजासँगै मेलासमेत लाग्ने गर्दछ ।

शोभा भगवती

शोभा भगवती काठमाडौँको पश्चिममा रहेको विष्णुमती नदीको किनारमा रहेको छ । तान्त्रिक आधारबाट बनाइएको भगवतीको मूर्तिलाई ‘वगला’ पनि भन्ने गरिन्छ । नवौ शताब्दीतिर मातृका देवीको मूर्ति बनाउने क्रममा शोभा भगवतीको पनि स्थापना गरिएको अनुमान गरिएको छ । शोभा भगवतीलाई परापूर्व कालदेखि नै दुःख, दरिद्र, युद्धमा विजय, शत्रुको सम्हार, साहसिक कार्य तथा कामकाजमा सफलताको लागि आराधना गर्ने गरिन्छ ।

ठूलो शक्तिको रुपमा पूजिने भगवतीको मन्दिरमा दशैँमा मेला लाग्ने गर्दछ । शोभा भगवतीसँगै बुद्धको चैतन्य पनि भएकाले यसलाई धार्मिक सहिष्णुताकको रुपमा पनि लिने गरिन्छ । यहाँ दशैँसँगै बाला चतुर्दशीको

शोभा भगवतीको मन्दिरमा नवदुर्गा ब्रम्हचारिणी, एक स्कन्ध माता, कृष्माण्डा, चन्द्रघण्टा, कात्यायिनी, कालरात्री, सिद्धिदात्री र अन्य मूर्तिहरु पनि रहेकोले यहाँ नवरात्रीको हरेक दिन मेला लाग्ने गर्दछ ।

पलाञ्चोक भगवती

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा रहेको पलाञ्चोक भगवतीलाई पनि शक्तिशाली पीठको रुपमा पूजिने गरिन्छ । आजभन्दा एक हजार ५२० वर्ष पहिले विजया स्वामिनीले राजसु यज्ञ सम्पन्न गरी पलाञ्चोकी विजेश्वरी भगवतीको प्रतिष्ठा गरेकी थिइन् ।

पलाञ्चोक भगवतीलाई चार दिदीबहिनीमध्ये सबैभन्दा ठूली दिदी हुन् भन्ने मान्यता रहेको छ । यो मन्दिरमा दैनिक नित्य पूजा र गुठीपूजा गरिँदै आएको छ । देशमा कुनै विपत्ति वा संकट आउन लागेमा भगवतीका मूर्तिमा संकेत स्वरुप पसिना आउने मान्यतासमेत रहेको छ ।

यहाँ बैशाखपूर्णिमा, माघे संक्रान्ती, जेठको पूर्णिमा, दशैँ लगायत विभिन्न चाडपर्वमा मेला लाग्ने गर्दछ । बडा दशैँको दिनमा नवरात्रीको समयमा मन्दिरमा हाँस, बोका, राँगालगायत विभिन्न पशुहरुको बलि दिने प्रचलन पनि रहेको छ ।

नक्साल भगवती

दशैँको नवरात्रीमा नक्साल भगवतीमा पनि मेला लाग्ने गर्दछ । यस भगवतीलाई शक्तिशाली पीठको रुपमा नवरात्रीको हरेक दिन दर्शन गर्नेको भीड लाग्ने गर्छ ।

यस मन्दिरमा दशैँको अष्टमीको दिन राजपरिवारबाट राजकीय पूजा दिने प्रचलनसमेत रहँदै आएको छ । हाल हरेक वर्ष राष्ट्रपतिले सो पूजालाई निरन्तरता दिँदै आएको छ । नक्साल भगवतीलाई शुरुमा ‘नवसागर’ भगवती भनिने गरिन्थ्यो । तर पछि सो नाम परिवर्तन भइ नक्साल भगवती हुन गएको हो ।

यो भगवतीको मन्दिरमा नेवार समुदायको कर्माचार्य पुजारी रहेका छन् । उनले तान्त्रिक विधि अपनाएर पूजा गर्दै आएका छन् । दशैँमा नवरात्रीको समयमा विशेष मेला लाग्ने भएता पनि मन्दिरमा दैनिक तीन पटक नित्य पूजा गरिँदै आएको छ ।

अन्य दिनमा मन्दिरमा बिहान, मध्यान्ह र साँझ गरी तीन पटक नित्य पूजा गरिन्छ । नित्य पूजाभन्दा बाहेकको समयमा मन्दिरमा दर्शन गर्न दिइन्छ । यहाँ नेवाहरुको पाँह चःह्रेको तीन दिन अगाडिदेखि जात्रा पर्व लाग्ने गर्छ । यो मन्दिर सन् ६६४मा निर्माण भएको मन्दिर २०४३ सालसम्म सातौँ पटक जिर्णोद्वार भएको उल्लेख गरिएको छ । २०७२ सालको भूकम्पले मन्दिरमा क्षति गरेपछि पुनःनिर्माण गरिएको छ ।

नाला भगवती

भगवतीको दिदी बहिनीमध्ये काभ्रेपञ्लाञ्चोकमा रहेको नाला भगवती पनि एक हो । यो भगवतीलाई उग्रचण्डी भगवतीको रुपमा पनि चिनिने गरिन्छ । नेपाल सम्बत् ७६१ देखि शुरु भएको निर्माण कार्य ७६७ मा सम्पन्न भएको पाइन्छ । मन्दिरबाट मनमोहक दृश्य, स्वर्णमय रहेको छ ।

यस मन्दिरमा हरेक वर्ष विजयादशमीको नवरात्रीमा पूजाआजा र मेला लाग्ने गर्छ । यहाँ नवरात्रीसँगै अन्य दिनमा पनि नरिवलसँगै पशुहरुको पनि बलि दिने प्रचलन रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?