मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उत्तरी थाइल्याण्डमा बाढीमा फसेका सय भन्दा बढी हात्तीको उद्धार

काठमाडौँ – उत्तरी थाइल्याण्डमा भएको भीषण वर्षापछि आएको बाढीले प्रभावित भएका सय भन्दा बढी हात्तीको उद्धार गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार  इलेफेन्ट नेचर पार्कमा रहेका १०० भन्दा बढी हात्ती बढीमा डुबेका थिए । उनीहरूलाई बाढीबाट उद्धार गरेर उच्च भागमा लागिएको स्थानीय मिडियामा उल्लेख गरिएको छ ।

यस पार्कमा पहिलो पटक बाढीको यस्तो अनुभव गरिएको पार्कका अधिकारीहरूले बताएका छन् । सो क्षेत्रबाट हात्ती सहित पाँच हजारभन्दा बढी जनावरको उद्धार गरिएको छ ।

थाइल्याण्डमा हात्तीको सङ्ख्या ३ देखि ४ हजार भएको बताइएको छ । यो सङ्ख्या सन् २००० भन्दा अगाडी १० हजारको आसपासमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?