काठमाडौँ – मेटाको माइक्रो ब्लगिङ साइट थ्रेड्समा नयाँ फिचर आएको छ । जस अनुसार थ्रेड्सका प्रयोगकर्ताले पनि अब आफूले गरेका पोस्ट एडिट गर्न सक्नेछन् ।
रिपोर्ट अनुसार थ्रेड्स प्रयोगकर्तालाई कुनै पनि पोस्टलाई एडिट गर्नका लागि १५ मिनेटको समय उपलब्ध हुनेछ भने बेटा भर्सनका प्रयोगकर्ताका लागि यो मात्रै यो फिचर उपलब्ध गराइएको छ ।
यता एक्समा भने कुनै पनि पोस्टलाई एडिट गर्नका लागि एक घण्टाको समय पाइन्छ । तथापि यो सुविधा केवल सशुल्क प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ।
एडिट बटनका अलावा थ्रेड्समा लगातार नयाँ नयाँ फिचर थप भइरहेका छन् । हाल थ्रेड्सका प्रयोगकर्ता करीब २० करोड छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया