मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यो माला धारण गर्नुहोस्,चम्किने छ तपाईँको भाग्य !

ज्योतिष शास्त्रको मान्यता अनुसार ग्रह बलियो पार्न कुण्डली र राशि अनुसार रत्न–धातु धारण गर्नु लाभदायक हुन्छ । धर्म अनुसार पनि रुद्राक्ष, तुलसीको माला धारण गर्नु लाभदायक हुने विश्वास छ ।

यस्तै एक अर्को माला हो, वैजयन्ती माला । भगवान् विष्णु र कृष्णको प्रिय वैजन्यती माला धारण गरे भगवानको विशेष कृपा प्राप्त हुने धार्मिक विश्वास छ । यस मालालाई लक्ष्मीको कारक मानिन्छ । यो धारण गर्दा जातकको आर्थिक स्थितिमा ठुलो परिवर्तन आउने धार्मिक विश्वास छ । अरु के-के छन् वैजन्यती माला धारण गर्दाका लाभ ?

– सोमवार वा मंगलवारका दिन विधि–विधानपूर्वक वैजयन्ती माला धारण गरे जीवनका सबै नकारात्मकता नाश भएर जाने र हरेक काममा सफलता प्राप्त हुने धार्मिक विश्वास छ ।

– वैजयन्ती माला धारण गर्दा आर्थिक अभाव टरेर जाने र माता लक्ष्मीको कृपा भई आर्थिक स्थिति मजबुत हुने धार्मिक विश्वास छ ।

– वैजयन्ती माला धारण गर्दा मन शान्त हुने र रिस नियन्त्रण हुने विश्वास रहेको छ ।

– यो माला धारण गर्ने व्यक्ति सामाजिक जीवनमा सक्रिय रहने र मान–सम्मानमा प्रगति हुने विश्वास रहेको छ ।

– कामकाजी महिलाले यसको धारण गरेमा अत्यन्त लाभ पाउने धार्मिक विश्वास छ ।

– विवाहमा अड्चन आएकाहरूले बिहीबार वा शुक्रबारका दिन विधि–विधानपूर्वक वैजयन्ती माला धारण गर्दा केही दिनमै विवाह हुने विश्वास गरिन्छ ।

– कला, लेखन वा अन्य रचनात्मक काममा संलग्नहरुले यो माला धारण गरे नयाँ नयाँ विचार आउने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?