मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जान्नुहोस् हात धुने उत्तम तरिका

विभिन्न अध्ययनले कीटाणुबाट रोकथाम गर्ने सबैभन्दा उत्तम उपायका रूपमा साबुन पानीले हात धुनु रहेको निष्कर्ष निकालेका छन्। साबुन पानीले हात धुने कामलाई सबैभन्दा सस्तो खोपका रूपमा पनि लिइन्छ।

सफा हात स्वस्थ जीवनका लागि अति नै आवश्यक छ। सरुवा रोग फैलिन नदिन हातको सफाइ महत्त्वपूर्ण छ। सफा हात सरुवा रोग सार्नबाट जोगाउने सबैभन्दा प्रभावकारी उपाय हो। रोग सर्ने माध्यमहरूमध्ये हात मुख्य हो। 

तर हात धुने पनि तरिका हुन्छ । आज हामी यही तरिका बताउँदै छौँ । 

पानीमा हात भिजाउने, 

भिजेको हातमा मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि, औँलाकोबीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा २० सेकेन्डसम्म राम्रोसँग मिच्ने, 

पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने। 

नियमित रूपमा हात धुनुहोस् – खासगरि खाना खानु भन्दा अगाडि, र सिँगान पुछ्नु, खोक्नु, हाच्छ्युँ गर्नु, र शौचालय जानु आदि गरिसकेपछि। 

यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा ६० प्रतिशत अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?