मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँका यस्ता बानीहरू हुन सक्छन् रोगलाई निम्तो

काठमाडौँ– हामी मृत्युसँग डराउँछौ । सकेसम्म हामीलाई धेरै वर्ष बाँच्न पाए हुन्थ्यो भन्ने लाग्छ । आयु बढोस् भनेर व्रत तीर्थ पनि गर्ने गरिन्छ ।

हो मानिसहरू लामो समय बाँच्न चाहन्छन् । तर आफ्नो नराम्रो बानीलाई सुधारेर स्वस्थ बानी अपनाउन भने कोही जागरूक हुँदैनन् । नराम्रो बानी कसैले पनि छाड्न चाहँदैनन् ।

हाम्रा कयौँ खराब बानीहरू हुन्छन् । आफ्नो बानी खतरनाक हो भन्ने जान्दा जान्दै पनि त्यस्ता बानी छाड्ने प्रयास भने कमैले मात्र गर्छन् । परिणाम स्वरूप मान्छे बुढ्यौली लाग्नु अघि नै बुढो देखिन थाल्छ । कयौले त भयङ्कर रोगको चपेटामा आएर कम उमेरमै ज्यान गुमाउँछन् । आज हामी रोगको घरको रूपमा रहेका यस्तै केही आनीबानीबारे कुराकानी गर्न गइरहेका छौँ । जसलाई त्याग्नु सबैका लागि राम्रो हुन्छ ।

तपाईँलाई रोगको सिकार बनाउने बानीहरू :

रक्सी र चुरोटको सेवन   

सबैलाई थाहा भएको कुरा हो । मद्यपान र धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ । चुरोट र रक्सीले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ । तर मानिसहरू जानाजान यसको सेवन गरिरहेका छन् । आजभोलि रक्सी र चुरोटको सेवन सामान्य बनिसकेको छ । तर यो हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक छ । यो बानीले हामीलाई बुढ्यौली अगाडि नै बुढो बनाइदिन्छ । रक्सी र चुरोटको धेरै सेवन गर्ने मान्छे छिट्टै मृत्युको मुखमा पुग्छन् ।

मोबाइल फोनको लत 

यो स्मार्टफोन र इन्टरनेटको जमाना हो । मान्छेको हातमा जति बेला पनि स्मार्टफोन झुन्डिरहेको हुन्छ । स्मार्टफोनको बढ्दो प्रयोगले समयमा सुत्ने, समयमा उठ्ने हाम्रो बानी प्रभावित भइरहेको छ । हामी न त समयमा सुत्न सक्छौँ, न त उठ्न । सुरु सुरुमा कम निद्राको असर शरीरमा कमै देखिन्छ । तर जति समय बित्दै जान्छ त्यति नै यसको असर देखिन थाल्छ । हाम्रो शरीरलाई पनि आराम चाहिन्छ । हामी निदाएको बेलामा शरीर मेन्टेनेन्स मोडमा जान्छ । कम निदाउनेहरूमा अनेकौँ स्वास्थ्य समस्या देखिन थाल्छ ।

जङ्क  फुडको सेवन 

तन्दुरुस्त रहने हो भने भोजनमा केमिकल रहित अनि प्राकृतिक वस्तु सामेल गर्नु पर्छ । तर आजभोलि बजारमा पाइने खानेकुराहरू प्रशोधित अनि केमिकल युक्त हुन्छन् । यस्ता खानेकुराले शरीरलाई निकै क्षति पुर्‍याउँछन् । तपाई पनि सधैँ जवान देखिन चाहनु हुन्छ भने स्वस्थ भोजन गर्ने गर्नुहोस् । आहारमा सधैँ ताजा फलफूल तरकारी समावेश गर्नुस् । सकेसम्म धेरै चिल्लो, तारेको, पोलेको खानेकुरा पनि कम खाने गर्नुहोस् ।

शारीरिक व्यायाम नगर्नु 

अल्छी मानेर तपाई शारीरिक गतिविधिहरू, व्यायाम कम गर्नु हुन्छ भने यो स्वास्थ्यको लागि विलकुल ठीक होइन । दिनहुँ शारीरिक व्यायाम गर्ने मान्छेहरू कयौँ खालका गम्भीर रोगबाट गुज्रिरहेका हुन्छन् । आफूलाई तन्दुरुस्त राख्न मानसिक स्वास्थ्य पनि फिट हुनु पर्छ । त्यसैले सधैँ व्यायाम र योगा ध्यान गर्ने बानी बसाल्नुस् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?