काठमाडौँ– स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को प्रिमियर गरिएको छ । भक्तपुरको क्युएफएक्स हलमा फिल्मको बुधवार प्रिमियर गरिएको छ ।
प्रिमियरमा फिल्म हेरेका कलाकारले सो फिल्म राम्रो भएको प्रतिक्रिया दिए । साजन काफ्ले र आकाश बरालको डेब्यु निर्देशन रहेको यो फिल्म आजदेखि नेपालभर प्रदर्शनमा आएको छ ।
फिल्मले बिहानी शो मा सुखद ओपनिङ गरेको छ भने कलाकार टिम हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका छन् ।
निश्चल बस्नेत, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिम्रन खड्का, आमिर गौतम लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्ममा विवाह गर्ने उमेर पुगेकी एक युवतीको कथा समेटिएको छ ।
निर्माण टिमले आजदेखि हल भिजिटमा निस्किएको समेत बताएको छ । साथै निर्माण टिमले ललितपुरको लबिम मलमा रहेको क्यूएफएक्स हलमा बिहानी शोमा दर्शकको उत्साहजनक चाप पाएको भन्दै खुशी व्यक्त गरेको छ ।
बडा दशैँको घटस्थापनाको अवसरमा रिलिज भएको यो फिल्मले राम्रो कमाइ गर्ने देखिएको छ । यही फूलपातीदेखि फिल्म ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ पनि प्रदर्शनमा आउँदै छन् ।
अर्को हप्ता नेपाली फिल्मबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया