मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युवा पुस्ताको रोजाइ जिन्स, छनोट कसरी गर्ने ?

अहिलेको युवा पुस्ताको छनोट हेर्ने हो भने  जिन्स पहिरन एक नम्बर मै आउँछ । जिन्स सजिलो, स्टाइलिस र ग्ल्यामर्स भएरै हुनुपर्छ, युवा पुस्ता त्यसतर्फ आकर्षित भएको ।

सदावहार पहिरनको पहिचान भएको जिन्सका ज्याकेट, पाइन्ट, आउटर अहिले उत्तिकै लोकप्रिय मानिन्छन् । 

हुन पनि यो  न पुरानो हुन्छ, न नयाँ । सधै एकनास । जिन्स, जुन उमेर समूहका लागि पनि उपयुक्त हुन्छ । बालकदेखि बुढोसम्म । 

जसले, जसरी लगाएपनि जिन्समा खोट देखाउन सकिदैन । तपाईं काम गर्दा लगाउन सक्नुहुन्छ, कार्यलय धाउदा पनि । क्याजुअल, र्फमल सबै रुपमा ।

तर  अक्सर पहिरन छनौट गर्दा हाम्रो गल्ती के हुन्छ भने, अरुलाई राम्रो देखिएपछि हामी पनि त्यस्तै खोज्छौं । अरु कसैले लगाएको लुगा सुहाएको छ भने हामीलाई त्यसले सुहाउँछ भन्ने मनोविज्ञान हामीसँग हुन्छ । 

यहि सन्दर्भमा आज हामी  जिन्स पहिरनकाे छनाैट बारे केहि टिप्स दिदै छाैँ । 

– यदी तपाईंको शरीरको आकार अवरग्लास जस्तै छ भने हाइ राइज जिन्सलाई क्रप टिशर्टसँग लगाउनुहोस् ।

– एप्पल बडी टाइप छ भने, फ्लेयर्ड बूट कट जिन्स प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईको चौडा एवं फराकिलो काँध र पातलो कम्मरलाई सन्तुलित देखाउँछ ।

– यदी तपाईं दुब्लो-पतलो र होचो कदको हुनुहुन्छ भने, डिस्ट्रेस्ड ब्वाइप|mेन्ड जिन्सका साथ ग्राफिक टिशर्ट लगाउनुहोस् ।

– पियर शेप्ड बडी भएका महिलाहरुले मिड राइज मम  जिन्स लगाउनु उपयुक्त हुन्छ । यससँगै क्रप टप लगाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?