आधुनिक युगका महिलाहरूका लागि भान्सामा माइक्रोवेभ ओभनको आवश्यकता पर्छ ।
तर अहिले पनि धेरैलाई यसको उपयोग के–कसरी गर्न सकिन्छ, कसरी सफा गर्नुपर्छ र के–के गर्नु हुँदैन भन्ने कुराको जानकारी देखिँदैन । आज हामी यसै विषयमा चर्चा गर्दै छौँ
पहिले आफ्नो आवश्यकताको हिसाबले बजेट निर्धारण गर्नुपर्छ । कसैलाई पसलमा पुगेपछि महँगो, ठूलो तथा सुविधाजनक ओभन किन्ने रहर हुन्छ तर बजेट नपुग्ने अवस्था हुन्छ ।
ओभन किन्नुअघि ब्रान्ड, मूल्य र सुविधाका सम्बन्धमा जानकारी लिनुपर्छ । आफ्नो भान्साको साइज एवं परिवारको सदस्य संख्याअनुसार माइक्रोवेभको साइज छान्नुपर्छ ।
एकात्मक परिवारका लागि १८ देखि २० लिटरको माइक्रोवेभ उपयुक्त हुन्छ । माइक्रोवेभमा खाना पकाउन र तताउन सकिन्छ ।
बजारमा दुई किसिमका माइक्रोवेभ पाइन्छन्–सोलो ग्रिल र कन्वेक्सन माइक्रोवेभ । ओभन पारदर्शी हुनु जरुरी छ अर्थात् भित्र पाकिरहेको खाना बाहिरबाट देखिनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया