मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ल्यापटपको स्क्रिन सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्

ल्यापटपमा लगातार काम गर्दा स्क्रिनमा धुलो जम्मा भइरहेको हुन्छ । धुलोले स्क्रिनको कलर र चमक दुवैमा असर पुर्‍याउने भएकाले समय–समयमा यसको सफाइ गर्नुपर्छ ।

कतिपय मानिस स्क्रिन सफा गर्न डराउँछन्, किनकि ल्यापटपहरूको स्क्रिन धेरै संवेदनशील हुन्छ । थोरै दबाब वा रसायनको प्रयोगले पनि स्क्रिनलाई हानि पुर्‍याउन सक्छ ।

यस्तो अवस्थामा स्क्रिन सफा गर्दा केही सावधानी अपनाउनु भयो भने हजारौँको नोक्सान बाट बच्न सक्नहुनेछ । 

स्क्रिन सफा गर्नुअघि ल्यापटप बन्द गर्नुस् र ब्याट्री निकाल्नुस् । त्यसपछि माइक्रो फाइबर कपडाले सफा गर्न थाल्नुस् । माइक्रो फाइबर कपडा निकै नरम हुन्छ । टिसर्ट वा अन्य कुनै कपडाले पुछ्दा स्क्रिन स्क्र्याच हुन सक्छ । कागज, टावेल वा टिस्यु पेपरले पनि स्क्रिन सफा गर्नुहुँदैन । 

नयाँ स्पोन्जले पनि स्क्रिन सफा गर्न सकिन्छ । स्पोन्जलाई हल्का गिलो बनाउनुस् र सफा गर्नुस् । स्पोन्ज र माइक्रो फाइबर कपडा नभएको अवस्थामा नरम डस्टर ब्रसले पनि सफा गर्न सकिन्छ । 

तर, स्क्रिनमा कहिल्यै सीधै लिक्विड छर्कन हुँदैन । अमोनिया वेस्ट लिक्विड प्रयोग गर्दा प्लास्टिकको स्क्रिन चाँडै बिग्रन सक्छ । ल्यापटपलाई महिनामा कम्तीमा दुई पटक सफा गर्नु राम्रो हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?