काठमाडौँ – साइन्स फिक्सन फिल्म ‘एक्लो’ को छायाङ्कन सकिएको छ। यो फिल्मको अपर मुस्ताङ र काठमाडौँमा गरी ३५ दिनमा छायाङ्कन सकिएको हो।
फिल्ममा प्रदीप खड्का,बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेती, कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज लगायत कलाकारहरूको अभिनय छ।
फिल्ममा बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका बेलायती अभिनेता जेमी बेकन फिल्ममा शीर्ष भूमिकामा छन् ।
अब फिल्मको पोस्ट प्रोडक्सनको काम लण्डनमा गरिने निर्देशक प्रदीप शाहीले जानकारी दिए । शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य छ।
‘एक्लो’का निर्माता राजु कुमार गुरूङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगीता बादी श्रेष्ठ, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन्।
फिल्मलाई बाबु श्रेष्ठले छायाङ्कन गरेका हुन्। यसको प्रदर्शन मिति भने तय भइसकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया