अनुहारमा मास्क लगाउने परम्परा लामो समयदेखि रहँदै आएको छ । निकै वर्ष पहिले पनि महिलाहरू आफ्ना सुन्दरता बढाउनका लागि र छालामा डिटोक्स गर्नका लागि ‘लेप’ लगाउने गर्थे ।
यहि बिधी तथा तरिकालाई पछ्याउदै अहिले बिभीन्न जैविक तत्वयुक्त फेश मास्क बजारमा आएका छन् । अनुहारको संरचनामा मिल्ने गरी बनाइएको यो मास्कमा अनुहारका लागि आवश्यक तत्त्वहरूको मिश्रण गरिएको हुन्छ ।
यसलाई अनुहारमा लगाउँदा चिसो अनुभव हुन्छ । यसले अनुहार चम्किलो बनाउँछ । कुनै मास्क एक पटकमा एक पटक प्रयोगमा ल्याइन्छ भने कुनै कुनै ३ पटक सम्म प्रयोगमा ल्याइन्छ । फेस मास्क हप्ताको एक पटक लगाउनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया