मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काभ्रेमा अलपत्र परेका १४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौँ ल्याइयो

काठमाडौँ – काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौं ल्याएको छ ।

सोमबार विहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट करीब १५ किलोमटिर पूर्व दाहाल डाँडा भन्ने ठाउँबाट १३ जना महिला ४९ पुरुष र ३ जना बच्चा गरी ६५ जनालाई काठमाडौँतर्फ ल्याएको छ ।

यसैगरी काभ्रेको विभिन्न ठाउँबाट हेलिकप्टर मार्फत धुलिखेल ल्याइएका ४२ जना महिला, ३३ पुरुष र ८ जना बच्चा गरी ८३ जनालाई काठमाडौंतर्फ ल्याइएको छ ।

विभिन्न ठाउँमा अलपत्र परेका व्यक्तिहरुको उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट तीन वटा बससहित तीनवटै सुरक्षा निकायले संयुक्त रुपमा कार्य गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?