जाडोको बेला होस् वा तर्सेको बेला हाम्रो शरीरको छालामा स-साना बिमिरा देखिन्छ जसलाई हामी काँडा उठेको भन्छौ । यस्तो किन हुन्छ ?
बेलायतका डा डेनियल निडिसका अनुसार जब मानिसमा एक्कासि डर खुसी वा आश्चर्य पैदा हुन्छ शरीरभित्र रहेको एड्रिनालिन ग्रन्थीबाट एड्रिनालिन नामक हर्मोन निस्कन्छ ।
यसले रौँको फेदमा रहेको स-साना मांसपेशी खुम्च्याइदिन्छ जसबाट रौँको फेदका छालाको तन्तुहरू ठाडो र कडा रुपमा माथि उठ्छ त्यसैलाई नै हामी काँडा उठेको भन्छौ ।
यस्तो काँडा मानिसमा मात्रै नभई जनावरमा पनि देखिन्छ । तर उनीहरूको शरीरमा हुने रौँ बाक्लो हुनाले हामी देख्न सक्दैनौ । जनावरहरू जब खतरा महसुस गर्छन् तत्काल काँडा उठाइ आफ्ना दुस्मनलाई डर देखाउन थाल्छन् ।
यिनीहरूमा काँडा उठ्दा रौँको फेदमा रहेको हावाको तहले शरीर भित्रको तातोपन बाहिर जान दिँदैन र शरीरलाई न्यानो राख्छ । तर मानिसहरूको रौँ जनावरको भन्दा पातलो हुन्छ जुन उठेर पनि कुनै फाइदा दिँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया