लामो कपाल बनाउने रहर हरेक महिलाको हुने गर्छ । तर अधिकांश महिलाहरु कपाल लामो नभएको भन्ने गुनासो पनि आउने गर्छ । यदि तपाईको कपाल पनि छोटो छ र लामो नभएर हैरान हुनुहुन्छ ? यदि यस्तो हो भने हामी तपाईलाई कपाल कसरी लामो बनाउने भन्नेबारे जानकारी दिनछौँ ।
कपाल लामो बनाउनका लागि अपनाउनूस् यस्ता टिप्सहरु
१, माइल्ड स्याम्पुरको प्रयोग गर्ने
यदि तपाईको कपाल सही तरिकाले बढेको छैन भने नुहाउनका लागि प्रयोग गर्दै आउनु भएको स्पाम्पुको परिक्षण गर्नुहोला । यदि तपाईको स्याम्पुमा हानिकारक केमिकलहरु प्रयोग गरेको छ भने त्यसले तपाईको कपालमा असर गर्छ । यसको लासग तपाईले माइल्ड स्याम्पुको प्रयोग गर्न सक्नुहुन्छ । हप्तामा दुई पटक कपालमा स्याम्पुको प्रयोग गर्नुहोला । यसका साथै कपाललाई बचाउनका लागि कन्डिसनरको पनि प्रयोग गर्नुहोला ।
कपालको ट्रिमिङ
कपाललाई दैनिक रुपमा कोर्ने बानी बसाल्नुहोस् । यसले कपालमा पनि रक्त सञ्चार हुने गर्छ । जसले गर्दा टाउकोको स्वास्थ्यलाई पनि स्वस्थ राख्छ । यसले गर्दा कपाललाई बढाउनको लागि सहयोग गर्छ । यसका साथै कपाललाई नियमित रुपमा ट्रिम पनि गर्नुहोला । कपाललाई छोडेर थोडै काट्नुहाला । केही महिलाहरु कपालमा ट्रिम गर्न चाहदैनन् । यसले गर्दा कपाल चाँडै बढ्दैन ।
तेलको प्रयोग गरी मसाज
कपालमा नियमित रुपमा तेलको प्रयोग गरेर मसाज पनि गर्नुहोला । तेलको प्रयोग गरी मसाज गर्दा कपालले आवश्यक पोषण मिल्ने गर्छ ।
कपाललाई धुलोबाट बचाउने
धेरै धुलोमा बस्दा पनि कपाललाई हानी गर्न सक्छ । त्यसले गर्दा कपाललाई धुलोबाट बचाउनुहोला । यसको लाति तपाई टाउकोलाई बाहिरबाट छोप्नुहोला ।
पौष्टिक आहार लिने
यदि पौष्टिक आहारको कमी भयो भने पनि कपाललाई कमजोर बनाउँछ । यसले कपालको बृद्धि विकासलाई रोक्छ । त्यसैले गर्दा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन र मिनरल्स भरपुर रुपमा खानुहोला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया