कतिलाई कुन समयमा यौन सम्पर्क गर्दा गर्भ रहन्छ ? वा कसरी गर्भ रहन्छ भन्ने जानकारी नहुन सक्छ । यस्तोमा महिनावारी चक्रअनुसार कुन अवधिमा यौन सम्पर्क भएमा गर्भ रहन्छ र कसरी थाहा पाउने ?
यसमा महिनावरी चक्र नियमित हुनुपर्छ । जस्तो हरेक २८ दिनमा महिनावारी हुनुलाई महिनावारी चक्र नियमित भएको बुझिन्छ । कसैमा २८, कसैमा ३० वा ३२ दिनभित्र महिनावारी हुनसक्छ । यसलाई पनि नियमित महिनावारी भनिन्छ ।
यसरी महिनावारी चक्र नियमित छ भने कुन दिन शारीरिक सम्पर्क गर्दा गर्भ रहन्छ भन्ने ठ्याक्कै थाहा हुन्छ ।
महिनावारी चक्र नियमित छ भने अण्ड बन्ने प्रक्रिया महिनावारी भएको १४ दिनअघि अर्थात् दुई हप्ताअघि हुन्छ । त्यसैले महिनावारी भएको १० देखि २० दिनभित्रमा यौन सम्पर्क भएमा गर्भ रहने सम्भावना बढी हुन्छ ।
कुनै पनि अवधिमा गर्भ रहन्छ भन्ने कुरालाई महिनावारी चक्रले एकदमै धेरै असर गर्छ अर्थात् नियमित महिनावारी भएको अवस्थामा मात्र गर्भ कुन समयमा रहन्छ भन्ने कुराको टुङ्गो हुन्छ । यदि महिनावारी नियमित छैन भने गर्भ रहने कुराको टुङ्गो हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया