मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कम्मर दुखाइ कम गर्न गर्नुहोस् यी योगासन 

कम्मर दुख्ने समस्याले जुनसुकै उमेरका व्यक्तिलाई सताइरहेको हुन्छ ।  

शारीरिक निष्क्रियता, बसाइको पोजिसन नमिल्नु, मोटोपन, एउटै पोस्चरमा लामो समय बसेर काम गर्नु, भारी सामान उचाल्नु, हड्डी कमजोर हुनु, निहुरिएर बसिरहनु, शरीरमा क्याल्सियम र भिटामिन डीको कमी हुनु, दुर्घटनामा परी मेरुदण्ड भाँच्चिनु जस्ता कारणले कम्मर दुख्छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार करिब ७० देखि ८५ प्रतिशत मानिसमा कम्मर दुखाइको समस्या हुन्छ ।

यस्तोमा कम्मर दुखाइबाट राहत मिल्ने एउटा विकल्प हो, योग । दिनको १५ मिनेट दिएर केही योगासन गरेमा कम्मर तथा मांसपेशीहरूमा दबाब कम हुन्छ, साथै शरीरभरि रक्त सञ्चार राम्रो भई अक्सिजन पुग्छ ।

त्यसो भए कम्मर दुखाइ कम गर्न कुन योगासन गर्ने त ?

– कम्मर दुखाइ भुजङासन, सलभासन, मर्कटासनलगायत गरेर यसलाई कम गर्न सकिन्छ । 

– त्यस्तै, अनुलोम–विलोम, भस्त्रिकालगायत प्राणायाम गर्न सकिन्छ । 

– कुनै पनि आसन वा प्राणायाम गर्दा बलपूर्वक गर्न हुँदैन । जोडपूर्वक गर्न हुँदैन । सुरुमा बिस्तारै गर्नुपर्छ । योग्य प्रशिक्षकको निगरानीमा मात्र यी आसनको अभ्यास गर्नुपर्छ । 

– अप्रेसन गरेका बिरामीले डाक्टरको सल्लाह लिएर मात्रै यी आसनको अभ्यास गर्नुपर्ने हुन्छ । 

– योगले शारीरिक र मानसिक रूपमा धेरै फाइदा गर्छ । अस्थिर मनलाई स्थिर बनाउने, अज्ञानताबाट ज्ञानतर्फ तथा दुर्बलताबाट सबलतातर्फ लैजाने काम गर्छ । 

– कम्मर दुखाई मात्रै नभएर अन्य धेरै समस्या नियमित योगले हल गर्छ । पाचन प्रक्रियालाई सहज बनाउँछ । मानिसमा सकारात्मक सोचको विकास गर्छ । आध्यात्मिक जागरण ल्याउने काम गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?