मटर (केराउ) एउटा तरकारी अथवा दालको रूपमा खाइने दलहन (गेडागुडी) बाली हो।
यो प्रोटिन (२५ प्रतिशत), एमिनो एसिड, चिनी (१२ प्रतिशत), कार्बोहाइड्रेट्स, भिटामिन ए र सी, क्यालसियम र फस्फोरसको सम्पन्न स्रोत हो। यसबाहेक, यसमा फलामको थोरै मात्रा हुन्छ।
मटरमा अत्यधिक प्रोटिन हुने भएकोले यो सब्जीको निम्ति धेरै महत्त्वपूर्ण हुन्छ।
के के छन् त हरियो केराउ खानुका फाइदाहरू ?
– हरियो केराउमा फ्याट र क्यालोरी निकै कम हुन्छ। फाइबर भरपुर मात्रामा पाइने भएकाले यसले शरीरमा बोसो जम्न दिँदैन।
– स्त्रीहरूमा हुने महिनावारीसँग सम्बन्धित सबै प्रकारका समस्या टाढा राख्न मद्दत गर्छ। समयमा महिनावारी नहुनु, बढी रगत बग्नु, महिनावारीका समयमा हुने दुखाई आदीलाई कम गर्न मद्दत गर्छ।
– रिसर्चका अनुसार हरियो केराउमा क्यान्सर रोधक तत्त्व काउमेस्ट्रोल हुन्छ, जसले क्यान्सर कोशिकाहरूको विकास रोक्छ।
– यसमा प्रोटिन र उच्च तत्त्वका फाइबर पाइन्छन् जसले शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्छ। यसले मधुमेहको खतरालाई पनि टाढा राख्छ।
– भिटामिनले भरिपूर्ण हरियो केराउले हाडलाई निकै मजबुत बनाउँछ। बढ्दो उमेरका साथ हुने अस्टियोपोरोसिस बिमारीबाट पनि आराम दिलाउँछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया