पछिल्लो पुस्ताले मैदाको सेवन अत्याधिक मात्रामा गर्ने गरेका छन् । खाजापसलमा खाजा खाना जानुभयो भने प्रत्येक खानेकुरा मैदाबाट नै बनेको पाउनुहुन्छ । मम,समोसा, चाउमीन,नुडल्स्,रोटि, ब्रेड, पिज्जा, नानरोटी लगायतका खानेकुरा मैदाबाट नै बनेका हुन्छन् ।
दिनहुँ चियासँग खाने विभिन्न खाले विस्कुट पनि मैदाले नै बनेका हुन्छ । मैदा बनाउन गहुँमा भएको बोक्रा निकालिन्छ र सेतो भागलाई अत्यन्त मसिनो गरी पिसिन्छ । गहुँमा भएको प्राकृतिक गुणलाई फालेर मैदा तयार गरिन्छ त्यसलाई उज्यालो, सेतो र चम्किलो बनाउन ब्लिचिङ गरिन्छ र केही रसायन पनि मिसाइन्छ । यसकारण पनि स्वादमा मिठो हुने मैदाका परिकार अस्वस्थकर मानिन्छ ।
मैदा पेटमा पुगेपछि त्यसले अम्लीय तत्वको निर्माण गर्छ । अम्ल हाम्रो शरीरमा जति बढी भयो त्यति हानिकारक हुन्छ ।मैदा खाँदा स्वादमा जति राम्रो हुन्छ त्यति नै स्वास्थ्यका लागि हानिकारक हुन्छ । मैदाबाट बनेको परीकारहरु खानु भनेको तपाईंको भोक मेटिनु बाहेक कुनै पनिे पोषक तत्व प्राप्त गर्नुहुन्न । बरु नोक्सान नै धेरै भइरहेको हुन्छ ।
मैदालाई रिफाइन्ड फ्लो पनि भनिन्छ । जसमा फाइबरको मात्रा शुन्य हुन्छ । यसले आन्द्रामा गम्भीर नोक्सान गर्दछ । यदी तपाईं पनि मैदाले बनेका परिकार खाने गर्नुहुन्छ भने आजैदेखि बन्द गर्नुहोस् । यो तपाईंको सम्पूर्ण स्वास्थ्यकै लागि हानिकारक छ ।
यदी तपाईं मैदाले बनेका रोटी तथा अन्य परिकार खानुहुन्छ भने पाचनसम्बन्धी समस्या झेल्नुपर्ने हुन सक्छ ।
खासगरी मैदामा फाइबर हुँदैन । जसले गर्दा यो सजिलोसँग पचाउन सकिँदैन साथै मैदा आन्द्रामा टाँसिन्छ र पाचनक्रियालाई नै रोक्ने काम गर्दछ । त्यसैले मैदा खाँदा ग्यास, कब्जियत, अपच लगायतका समस्या आउन सक्छन् । मैदाले पाचनक्रियालाई रोकी शरीरको सिस्टमलाई नै साँघुरो बनाइदिन्छ जसले गर्दा शरीरको मेटाबोलिज्म पनि कमजोर हुँदै जान्छ ।
यदी तपाई अधिक रुपमा मैदा सेवन गर्नुहुन्छ भने यसले तपाईंको मेटाबोलिज्म प्रभावित हुन्छ जसले गर्दा तपाईंले खाएको भोजन समयमा पच्दैन र तौल बढ्दै जान्छ । नियमित रुपमा मैदा सेवन गर्ने व्यक्ति मोटोपनको सिकार हुने गर्दछन् । मैदाबाट बनेका खानेकुरा दिनहुँ खाने गरेमा मधुमेह जस्तो रोग पनि लाग्न सक्छ ।
मैदाको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता कम गर्छ । खानामा मैदाको धेरै प्रयोग गर्नाले एड्रेनल ग्रन्थीहरुमा दबाव पर्छ जसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यतिमात्र होइन मैदामा कुनै पनि प्रकारको भिटामिन वा मिनरल्स प्राप्त हुँदैन जसले गर्दा शरीरलाई कुनै पनि पोषण प्राप्त हुँदैन ।
मैदाको रोटी खाँदा हृदय रोग हुने जोखिम पनि धेरै हुन्छ । यदी तपाईं अधिक मात्रामा मैदा सेवन गर्नुहुन्छ भने यसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउँछ । जसले गर्दा मुटु सम्बन्धी समस्या आउँछ । आफ्नो मुटुलाई स्वस्थ बनाइरहन चाहनुहुन्छ भने मैदा खान बन्द गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया