मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

निराजन र मिरुनाको सुहाएको जोडी (फोटो फिचर)

कुबेर डंगोल
130
Shares

काठमाडौँ– कलाकारद्वय निराजन प्रधान र मिरुना मगर मनोरञ्जन क्षेत्रमा व्यस्त छन् । यी दुईले केही प्रोजेक्टमा एकसाथ सहकार्य पनि गरेका छन् । निराजनले करीब पाँच सयवटा म्युजिक भिडियोमा काम गरेका छन् भने मिरुना फिल्ममा बढी सक्रिय छिन् ।

निराजनको भिडियोको तुलनामा फिल्ममा उपस्थिति निकै कम छ । ह्यान्डसम मोडेलको ट्याग पाउने निराजनले फिल्मका लागि स्ट्रगल गरिरहेका छन् । उनी भिडियो हुँदै फिल्ममा आफ्नो उपस्थिति बलियो बनाउन प्रयासरत छन् ।

फिल्ममा अभिनय गरिरहेकी मिरुनाले संख्यात्मक हिसाबले पनि कमै भिडियोमा अभिनय गरेकी छिन् । उनी फिल्मबाट भिडियोमा आएकी हुन् । लालपुर्जा नामक फिल्ममार्फत रजतपटमा पाइला टेकेकी मिरुनाले त्यसपछि रोज, साइन, च च हुई, जारी, कबड्डी ४ : द फाइनल म्याच, जारी, घर ज्वाइँ लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन् ।