वृक्षासन सन्तुलन कायम गर्ने आसनको वर्गमा पर्छ । कुनै क्षेत्रमा सफलता प्राप्त गर्नको लागि मन र तनलाई एकजुट र सन्तुलित हुन जरूरी छ।
यस्तै, ताडासन एक योग अभ्यास हो जसले मांसपेशीहरूमा मात्र नभई सूक्ष्मातिसूक्ष्म मांसपेशीहरूमा पनि लचिलोपन निर्माण गर्दछ। यस आसन ले शरीरलाई हल्का र आरामदायी बनाउन ठूलो भूमिका खेल्दछ।
वृक्षासनको नियमित अभ्यासले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र स्मरण शक्ति बढाउन मदत मिल्छ । तनाव, रिस, मानसिक चञ्चलता आदि घटाउन यो आसन सहयोगी छ ।
रक्त सञ्चार प्रवाह गर्न मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने । यो आसनले खुट्टालाई बलियो र सबल बनाउँछ ।
वृक्षासन गर्ने विधि
– दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ बायाँ राखी उभिनुहोस् ।
– अब उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पैतालालाई तिघ्राको भित्री भागमा अड्याएर राख्नुहोस् ।
– दुवै हातलाई नमस्कार मुद्रामा ल्याई एकै छिन शरीरलाई सन्तुलनमा राखी अडिनुहोस् ।
– श्वास लामो गर्दै अगाडिको कुनै बिन्दुमा ध्यान केन्द्रित गर्दै रहनुहोस् । बिस्तारै श्वास लिँदै हातलाई टाउको माथि नमस्कार मुद्रामा नै राखी तन्काउनुहोस् । यस अवस्थामा हलचल नगरी वृक्षजस्तै स्थिर रहनुहोस् ।
– यो आँखा खोलेर र अभ्यस्त हुँदै गएपछि आँखा बन्द गरेर पनि अभ्यास गर्न सकिन्छ ।
– केहीबेर बसेपछि खुट्टा खोल्नुहोस् र पुनः बायाँ खुट्टाले टेकेर र दायाँलाई खुम्चाएर पहिले जस्तै सिलसिलाबद्ध अभ्यास गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया