काठमाडौँ – नागढुंगा सुरुङ मार्गबाट अत्यावश्यक सवारी साधनहरूलाई प्रवेश गर्न दिइएको छ ।
सुरुङ मार्ग नजिक झ्याप्ले खोलामा आएको पहिरो हटाउने कार्य जारी रहेकाले सडक खुल्न समय लाग्ने भएपछि अत्यावश्यक सवारी साधनलाई सुरुङ मार्गमा प्रवेश दिइएको हो ।
काठमाडौँ भित्रिने दूध बोकेका ट्याङ्कर, कुखुरा बोकेका गाडिलाई प्रवेश दिएको छ भने एम्बुलेन्सलाई दुईतर्फीबाट प्रवेश गर्न दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया