धादिङ – पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा अर्को सवारी साधन भेटिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा अर्को बस भेटिएको हो । प्रहरीले अहिलेसम्म २ शव समेत फेला परेको बताएको छ ।
अहिले पुरिएको अवस्थामा रहेको बसको केही भाग मात्र देखिएकोले कस्तो बस हो भन्ने बारेमा केही बेरपछि जानकारी हुने भएको छ ।
शुक्रबार गोरखाबाट काठमाडौँका लागि हिँडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौँका लागि हिँडेको माइक्रो बस अहिलेसमम सम्पर्कविहीन भएको बताइएको छ ।
बस र माइक्रोको खोजी जारी रहेको र झ्याप्ले खोलामा सवारी साधन पुरिएको अवस्थामा भेटिएकाले यही पहिरोमा परेको हुनसक्ने आशङ्का गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया