पछिल्लो समय नेपालमा डेंगी संक्रमण प्रकोपको रुपमा फैलिइरहेको छ । डेंगी संक्रमण भएका अधिकांशमा अत्यधिक ज्वरो आउने, पखाला, बान्ता, पेट फुल्ने, जीउ दुख्नेजस्ता लक्षण देखिने गर्छन् ।
संक्रमणपछि सिकिस्त देखिएमा प्लेटलेट्स, हेमोग्लोबिन, ह्वाइट ब्लड सेल्स घटेर जानेलगायत कलेजोमा असर पनि देखिनसक्ने भएकाले बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिएको छ ।
तर, संक्रमितमध्ये ७५ प्रतिशतमा मात्रै लक्षण देखिने र सामान्य असर देखिने हुनसक्ने चिकित्सकहरु बताउँछन् । ज्वरो नभएको अवस्थामा सामान्य खानेकुरा खान मिल्ने भए पनि झोलिलो र पोषणयुक्त खानेकुरामा जोड दिन उनीहरुकाे सल्लाह छ । यो अवस्थामा डेंगी संक्रमितका लागि यी खानेकुरा फाइदाजनक छन् ।
– अनारमा आवश्यक पोषक तत्त्व र मिनिरल्स प्रशस्त मात्रामा पाइन्छ । जसले शरीरलाई ऊर्जावान् राख्छ । अनारको नियमित सेवनले थकान हट्छ । यो फलामको समृद्ध स्रोत हो, यसले शरीरमा प्लेटलेट्स बढाउँछ ।
– दही पाचनको लागि एकदमै राम्रो हुन्छ । यसले इम्युनिटी सिस्टमलाई राम्रो बनाउँछ । यसले शरीरमा प्रोबायोटिकको रुपमा काम गर्छ । जसले पेटको स्वास्थ्यलाई बढवा दिन्छ ।
– अङ्गुरमा भिटामिन ‘सी’ र एन्टीब्याक्टोरियल (जीवाणुरोधी) गुण हुन्छ । जसले इम्युनिटी बढाउँछ । अंगुरले शरीरमा सेतो रक्त कोषिकाको निर्माणमा सहयोग गर्छ । जसबाट धेरै प्रकारको संक्रमणबाट बच्न सकिन्छ ।
– बेसारमा एन्टीसेप्टिक र ब्याक्टेरियल गुण पाइन्छ । जसले शरीरमा कार्यक्षमता बढाउने मेटाकोलिज्मलाई राम्रो बनाउँछ । बेसारलाई दूधमा मिसाएर सेवन गर्नाले डेंगी संक्रमण भएका बिरामी चाँडै रिकभर हुन्छ ।
– ब्रोकाउली भिटामिन ‘सी’ को प्रचुर स्रोत हो । यसमा एन्टिअक्सिडेन्टको गुण पनि पाइन्छ । यसले ब्लड प्लेटलेट्स बढाउन धेरै सहयोग गर्छ । डेंगी रोगबाट बच्नको लागि खानामा ब्रोकाउली समावेश गर्नु राम्रो हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया