स्वास्थ्यका लागी भोगटे अमृत समान मानिन्छ । भोगटेमा अन्य फलमा भन्दा धेरै गुणा पोषण तत्त्व पाइन्छ । भिटामिन सी भरपुर पाइने भोगटेमा प्राकृतिक तत्त्व लिमोनाइड पनि पाइन्छ । जसले कोलेस्ट्रोललाई कम गर्न सहयोग गर्छ ।
त्यस्तै, रातो भोगटेले क्यान्सरसँग लड्ने ‘लाइको पीन’ नामक शक्तिशाली तत्त्व पनि पाइन्छ । चार सयदेखि १४ सय मिटरसम्मको उचाइमा पाइने फलको केस्रा रातो हुन्छ । यसको रसले मानिसको शरीरमा रगतलाई बढाउँछ ।
यसबाहेक भोगटे सेवनका अन्य फाइदा के छन् त ?
– यसमा पर्याप्त मात्रमा एन्टिअक्सिडेन्टहरू छन्, जसले तपाईँलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छ । यसले सङ्क्रमणसँग लड्न मद्दत गर्छ । साथै, यसले छाला र कपाललाई पनि सुरक्षित राख्न राख्छ । शरीरको विषाक्तता कम गर्छ शरीरमा रहेको फोहोर हटाउन भोगटेको सेवन गर्नु लाभदायक हुन्छ ।
– यसमा पाइने एन्टिअक्सिडेन्ट र फाइबरले तपाईँको मेटाबोलिज्मलाई बढवा दिन्छ । साथै, यसले दिसाको माध्यमबाट शरीरमा रहेको फोहोर हटाउन सक्छ । पाचन प्रणाली बलियो बनाउन भोगटेमा प्रशस्त मात्रामा भिटामिन सी र फाइबर हुन्छ । जसले तपाईँको पाचन शक्तिलाई बलियो बनाउन सक्छ ।
– यसले पेटसँग सम्बन्धित अन्य समस्याहरूबाट छुटकारा पाउन सक्छ । मुख्यतया एसिडिटी, पेट दुख्ने जस्ता समस्याहरू हटाउन भोगटेको सेवन गर्न सक्नुहुन्छ । तौल घटाउन भोगटेको सेवनले शरीरको बढ्दो तौललाई घटाउन सकिन्छ । यसमा पाइने फाइबरले भोकलाई नियन्त्रण गर्छ । जसले गर्दा बारम्बार भोक लाग्दैन । यसलाई बिहानको खाजामा सेवन गर्नाले तपाईँको बढ्दो तौल नियन्त्रण गर्न सकिन्छ ।
– आँखा स्वस्थ राख्न आँखाको ज्योति बढाउन भोगटेको सेवन गर्न सकिन्छ । यसमा एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी जस्ता गुणहरू छन् । जसले आँखाको कोशिकाहरूलाई बलियो बनाएर आँखालाई स्वस्थ राख्न प्रभावकारी हुन सक्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया